०५ साउन २०८३, मंगलबार

कर्णालीका प्रदेश सांसदमा कोरोना संक्रमण

भदौ २१, २०७७
कर्णालीका प्रदेश सांसदमा कोरोना संक्रमण
प्रतिकार्यात्मक तस्वीर

कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आइतबार प्राप्त रिपोर्टले उनमा सङ्क्रमण देखाएको हो। प्रतिष्ठानका निर्देशक डा मङ्गल रावलले स्वाब सङ्कलन गरी आरटी परीक्षण गर्दा श्रेष्ठमा कोरोना सङ्क्रमण देखिएको बताए। 

प्रदेशसभा सदस्य श्रेष्ठले भने, ‘स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ, म अहिले होम आइसोलेसनमा छु। स्वास्थ्य अवस्था सामान्य छ। मसँग कन्ट्याक्टमा रहेका व्यक्तिको टे«सिङ चाँडो गराउन म सङ्क्रमण भएको समाचार आउन जरुरी छ।’

यसैगरी, प्रदेशसभा सदस्य श्रेष्ठसहित कर्णालीमा ५२ जनामा सङ्क्रमण देखिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्