१० साउन २०८३, आइतबार

पाेखरा फुड्सका ५९ मजदुरमा काेेराेना संक्रमण

भदौ २२, २०७७
पाेखरा फुड्सका ५९ मजदुरमा काेेराेना संक्रमण

पाेखराकाे एक उद्योगमा कार्यरत ५९ जना  मजदुरमा काेराेना संक्रमण देखिएको छ।

पाेखरा १०, अाैद्दाेगिक क्षेत्रकाे पाेखरा फुड्समा कार्यरत कुल ५९ जना मजदुर संक्रमित भएका हुन्। त्यहाँ कार्यरत ८ महिला र १७ पुरूष सहित २५ मजदुरमा साेमबार काेराेना पुष्टि भएको हाे । ३ दिनअघि ३४ मजदुरमा काेराेना देखिएको थियाे । 

सुरूवातमा कमै संक्रमित गण्डकी प्रदेशमा अचेल काेराेना संक्रमणकाे ग्राफ बढेकाे छ  । 

साेमबार पाेखरामा ३१ सहित प्रदेशमा ६७ जनामा काेराेना पुष्टि भएकाे हाे । आइतवार मात्र ८४ जनामा संक्रमण देखिएकाे थियोे । 

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार साेमबार थप स्वास्थ्यकर्मीमा पनि काेराेना देखिएकाे छ । पाेखराकाे मेडिप्लस, पश्चिमाञ्चल सामुदायिक अस्पतालका कर्मचारी संक्रमित भएका हुन्।

प्रदेशमा कुल २५ सय ९८ जना संक्रमित हुँदा १९ काे मृत्यु भएकाे छ ।
 

salt training

कमेन्ट गर्नुहोस्