मंसिर १६, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
यतिबेला पितृपक्ष चलिरहेको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यही भदौ १७ गतेबाट शुरु भएको यो पक्ष आगामी असोज एक गते समापन हुँदैछ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जसलाई श्राद्ध भनिन्छ । नित्य श्राद्ध, नैमित्तिक श्राद्ध, दैवी श्राद्ध, काम्य श्राद्ध, पुष्टि श्राद्ध, वृद्धि श्राद्ध, एकोद्दिष्ट श्राद्ध, पार्वण श्राद्ध, गोष्ठि श्राद्ध, सपिण्डी श्राद्ध आदि श्राद्धका अनेक भेद छन् । यिनमध्ये यस पक्षमा गरिने श्राद्धलाई पार्वण भनिन्छ । पर्वमा गरिने श्राद्ध भएकाले पार्वण श्राद्ध भनिएको हो । एउटा मात्र पितृको उद्देश्यले गरिने श्राद्ध एकोद्दिष्ट श्राद्ध हो । पार्वण श्राद्ध धेरै पितृहरूको उद्देश्य लिएर गरिन्छ । त्यसैले यस श्राद्धलाई महालय श्राद्ध भन्ने गरिएको पनि पाइन्छ ।
कोरोना भाइरस महामारीका कारण यस वर्षका महालय श्राद्ध त्यति सहज हुन सकेनन् । धेरैले अनलाइनबाटै काम चलाए, कतिले अनलाइनको श्राद्ध आधिकारिक होइनन् भने, कतिले आधिकारिक नभए पनि नगर्नुभन्दा गर्नु उत्तम भने, गरे । धेरै किसिमका मत आएकाले के गर्ने भन्ने ठम्याउनै सकिएन भन्नेहरू पनि भेटिए । लामो समयदेखि धर्म, संस्कार र सांस्कृतिक क्षेत्रमा कलम चलाउँदै आएको भएर हो वा मानको खातिर मान हो केही दिन अघि पंक्तिकारप्रति एक पितृभक्त सज्जनबाट नामै किटेर आग्रह आएको थियो । उहाँको आग्रह थियो– ‘लोकान्तर डटकममा श्राद्धबारे आधिकारिक लेख आइदिए यसका म जस्ता नियमित पाठक धेरैको जिज्ञासा शान्त हुने थियो । उहाँ र उहाँ जस्तै अन्य धेरै सहृदयीहरूका जिज्ञासा समन हेतु यस आलेखमा श्राद्धसम्मबन्धी केही शास्त्रीय अवधारणा प्रस्तुत गर्ने प्रयास गरेको छु ।
वस्तुतः श्राद्ध भनेको श्रद्धा हो । पितृहरूको नाममा श्रद्धापूर्वक जुन चीज दिइन्छ त्यही नै श्राद्ध हो । त्यसैले सर्वप्रथम यही भन्न सकिन्छ कि श्रद्धा भए जहिले दिए पनि हुन्छ, जसरी दिए पनि हुन्छ । विश्वासको कुरा हो, श्रद्धापूर्वक दिएका चीज अवश्यमेव पितृहरूले लिने छन्, पाउने छन् । श्रद्धा भएन वा छैन भने जहिले, जसरी दिए पनि उनीहरूले ग्रहण गर्ने छैनन्, ग्रहण गर्न सक्ने छैनन् । मिल्छ र सम्भव हुन्छ भने यस्तो अवस्थामा अनलाइनबाटै गर्नु सर्वाधिक उत्तम हुन्छ । यो एउटा नयाँ प्रविधि र प्रयोग हो, स्वागत गर्नुपर्छ । नयाँ प्रविधिको प्रयोग भयो भन्दैमा आधिकारिक भएन कि भन्ने चिन्ता गर्नु पर्दैन । आधिकारिक र ननआधिकारिक भन्न हुँदैन, मिल्दैन । समयको मागै यही हो भने कसको के लाग्छ । श्राद्ध मात्र होइन न्वारन, पास्नी, विवाह, ब्रतबन्ध जस्ता अन्य संस्कार समेत अनलाइन प्रविधिबाट सञ्चालन गर्नुपर्ने अवस्था आइसकेको छ ।
यद्यपि श्राद्धपद्धतिमा श्राद्धकर्ता ब्राह्मण हस्तेन तिलकं कुर्यात् भनिएको छ । अर्थात् पद्धतिमा श्राद्धकर्तालाई ब्राह्मणको हातले तिलक लगाउनुपर्ने प्रावधान छ । अनलाइन श्राद्धमा यो कसरी सम्भव हुन्छ ? भन्ने प्रश्न उठ्न सक्छ, उठिसकेको छ । केही हदसम्म यसलाई अस्वाभाविक भन्न मिल्दैन पनि तर के बिर्सन हुन्न भने ब्राह्मणको हातबाट तिलक लगाउन पाइएन भन्दैमा श्राद्ध नै रोक्नु राम्रो होइन, हुँदैन, मिल्दैन । मुख्य कुरो कर्म हो, संस्कार हो । कर्मसंस्कार रोक्नु हुँदैन, अन्यथा प्रत्यवाय लाग्छ । अर्को कुरा तिलक लगाउन ब्राह्मण नै चाहिन्छ भन्ने पनि छैन । मिल्छ सम्भव हुन्छ भने ठीकै छ पद्धतिमा लेखिएको छ, त्यसै गर्ने हो । होइन भने ज्वाइँ, भानिज, कुटुम्ब आदिका हातबाट लगाए पनि हुन्छ । त्यो पनि सम्भव नभए कन्या केटीकै हातबाटै टीका लगाएर पनि काम चलाउन सकिन्छ ।
अनलाइन श्राद्ध गर्न मन लागेन वा सम्भव भएन भने पनि केही केही छैन । अन्य धेरै विकल्प भेटिन्छन् धर्मशास्त्रमा । प्रायः पार्वण श्राद्ध बाबुको तिथिमा गर्ने परम्परा छ । त्यसमा सम्भव नभए बाजेको तिथिमा गर्न सकिन्छ । त्यसमा पनि सम्भव नभएमा औंसीमा गर्ने परम्परा छ । त्यसमा पनि सम्भव भएन भने गाइतिहारे औंसीमा र त्यो पनि नभए मङ्सिर लाग्ने सङ्क्रान्तिका दिनमा पनि गर्न सकिन्छ । धर्मसिन्धुले अश्विनशुक्ल पञ्चमी तिथिलाई पनि लिएको छ । यस तिथिलाई उसले महालय गौण काल भनेको छ । अव आयो उल्लिखित कुनै पनि समयमा सम्भव भएन भने के गर्ने भन्ने प्रश्न । यसको पनि उत्तर सहज छ, यस्तो अवस्थामा पनि अन्य विकल्प खोजी गर्नुपर्छ किनकि धर्मशास्त्रले संस्कार लोप गर्ने अधिकार दिएको छैन ।
कुनै उपाय नलागे पितृहरूका नाम गोत्र उच्चारण गरी तिलाञ्जलि दिने, सूर्य नमस्कार गर्ने, सूर्यार्घ दिने, दिक्पालहरूलाई नमन, पूजन र अभिवादन गर्ने, गाईलाई घाँस खुवाउने, अन्य पशुपक्षीलाई आहार खुवाउने, दुखी, दरिद्री, अनाथ, असहाय आदिलाई खुवाएर तृप्त पार्ने आदि क्रियाद्वारा पनि श्राद्धीय नियम धान्न सकिन्छ । हिजो आज गोष्ठि श्राद्धको समेत चलन छ । यतिबेला यथासम्भव बन्धुबान्धव जम्मा भई दिवङ्गत पितृहरूको फोटो राखेर दियो, कलश, गणेशको पूजा गरी उनीहरूका विशेषता र योगदान आदिको चर्चा गर्दै सम्मान गर्ने गरिन्छ । यहाँ श्राद्धका परम्परागत विधि केही पनि अप्नाइएको हुँदैन तर श्रद्धापूर्वक पितृहरूको गुणगान गर्दै सम्झना गरिने भएकाले यसलाई पनि श्राद्धकै एउटा अङ्ग मानिएको छ । (प्रा.डा. बद्रिविशाल पोखरेल गोरखापत्र भदौ २० शनिवार, २०७७)ं
हो, श्राद्धपद्धतिमा ब्राह्मणको कुरा आएको छ तर ब्राह्मण भन्नाले के बिर्सन हुन्न भने सत्पात्र वा आधिकारिक पात्र भन्न खोजिएको हो । आखिर सत्पात्र वा आधिकारिक पात्र त्यही हुन्छ जसले दिइएको चीज पचाउन सक्छ अर्थात् सदुपयोग गर्न सक्छ । भोको मानिस वा पशुपक्षीलाई खुवाएर तृप्त पार्नु भनेको त्यस्तो सत्पात्रलाई तृप्त पार्नु हो, जसको प्रतिफल कुनै पनि सत्पात्र ब्राह्मणको हातमा दिइएको भन्दा कम हुने छैन ।
त्यसैले श्राद्ध गर्न पाइएन भनेर कसैले पनि चिन्ता गर्नु पर्दैन । अवस्था अनुसार उल्लिखित कुनै पनि विधि र प्रक्रिया अपनाएर श्राद्ध गर्न सकिन्छ । मुख्य कुरो श्राद्ध रोक्नु हुँदैन । बाँकी रह्यो विधि र प्रक्रियाको कुरा, श्रद्धापूर्वक गर्नुपर्छ जहाँ जसरी सम्भव हुन्छ त्यसैगरी गर्न सकिन्छ ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...