×

NMB BANK
NIC ASIA

खुकुलाे निषेधाज्ञामा काेभिड-१९ बाट कसरी बच्ने? जनस्वास्थ्यविज्ञ डा. पाण्डेका २२ टिप्स

भदौ २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले काठमाडौं उपत्यकामा भोलि बिहीबारदेखि लागु हुने गरी निषेधाज्ञा खुकुलो बनाएको छ। यो निर्णय आमजनताको पक्षमा छ।

Muktinath Bank

हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन। आमजनतालाई आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले बल हाम्रो हातमा दिएको छ।
अब हामी सबैले निम्न कार्यहरु अबलम्बन गरौँ :


Advertisment
Nabil box
Kumari

- बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने। सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने। काम गर्न बाहिर जाने व्यक्तिसँग दूरी कायम गर्ने। कुरा गर्दा मास्क लगाउने।

Vianet communication
Laxmi Bank

- मर्निङ वाक वा इभिनिङ वाक घरमै गर्ने।

- खुल्यो भनेर बिनाकाम घरबाहिर नजाने। घरबाहिर जति छोटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ।

- घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने। सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने। भीडभाडमा नजाने, भीडभाड नगर्ने।

- सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पन्जा लगाउने।स्यानिटाइजरले हात सफा गरिरहने। विशेष सतर्क हुने।

- हरेक पसलले व्यक्तिगत दुरी कायम हुने गरी काउन्टरको व्यवस्थापन गर्ने। मास्क नलगाएका ग्राहकलाई मास्क दिने। सबैको लागि ठूलो स्यानिटाइजर राख्ने। झ्यालढोका खोलेर भेन्टिलेसनको प्रत्याभूति गर्ने।

- सकभर हरेक पसलमा परल मूल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने।

- ग्राहक ब्यवस्थापन कुशल ढंगले गर्ने। भीडभाड नगराउने।

- पसल र हरेक सामान संक्रमणरहित बनाउने।

- चिया पसल, कफिसप तथा पसलमा साथीसँगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने।

- कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन। हरेक व्यक्तिसँग सुरक्षित ब्यबहार गर्ने।

- सामान किन्दा धेरै छान्ने काम नगर्ने।| किनमेलको लिस्ट घरमै बनाएर जाने। पसलमा एकदम छोटो समय बिताउने। जति लामो समय पसलभित्र वा बसभित्र बस्यौ‌, त्यति नै जोखिम हुन्छ।

- सकभर तरकारी बजारबाट तरकारी नकि। घर नजिकको पसलबाट किन्ने। बसेर छान्ने, छाम्ने काम नगर्ने।

- डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन। तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने। लामो समय नबिताउने।

- भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पुन्य कमाउने। कमाउने कुरा पैसासँग मात्र जोडिएको हुँदैन। पुण्यभन्दा ठूलो कमाइ अरु केहि हुँदैन।

- बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, बिद्युत आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने ब्यवस्था मिलाउने। क्यासलेस लेनदेनलाई प्रेरित गर्ने। टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने ।फाइललाई डिजिटल बनाउने।

- रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने। बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ ।

- सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने।

- आफ्नो पसल जति धेरै सफा गरिन्छ, जति धेरै मापदण्ड पुर्याएर संचालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ, त्यति धेरै चल्छ। यो सुत्र सबैले अपनाउने।

- कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसंग घुलमिल हुने।
- ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो।

- हामी सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ। संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन। हामी पनि सुरक्षित हुन्छौं।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x