२९ असार २०८३, सोमबार

वरिष्ठ अधिवक्ताले बहस गर्दा अधिवक्तालाई संलग्न गराउनुपर्ने

वरिष्ठ अधिवक्ताले बहस गर्दा अधिवक्तालाई संलग्न गराउनुपर्ने

नेपाल कानून व्यवसायी परिषद्ले वरिष्ठ अधिवक्तालाई मुद्दामा बहस गर्दा कम्तीमा एकजना अधिवक्तालाई व्यावसायिक रुपमा संलग्न गराउन सूचना जारी गरेको छ।

परिषद्का सचिव रामहरि शर्मा काफ्लेले वरिष्ठ अधिवक्ताका लागि बुधबार जारी गरेको सूचनामा कानून व्यवसायी आचारसंहिता, २०५१ को नियम ३ को उपनियम (२) मा वरिष्ठ अधिवक्तालाई कुनै पनि मुद्दामा बहस गर्दा कम्तीमा एकजना अधिवक्तालाई व्यावसायिक रुपमा संलग्न गराउनुपर्ने व्यवस्था छ।

कानूनी रुपमा व्यवस्था भए पनि व्यवहारमा नदेखिएको हुनाले अनिवार्यरुपमा कार्यान्वयन गर्नुपर्ने भएको हुँदा परिषद्ले सूचना जारी गरेको परिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्