कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
भारतको पूर्वी लद्दाखमा गत मे महिनादेखि भारत र चीनका सैनिकहरू आमनेसामनेको स्थितिमा छन् ।
भारतको परराष्ट्रनीति विश्लेषक अमृता ढिल्लोंले यो विवाद लम्बिँदै जानुको कारण तथा यसबाट कसलाई फाइदा हुन्छ भनी व्याख्या गरेकी छन् ।
एसियाका यी दुई ठूला देशबीच तनाव बढ्नुमा विभिन्न कारक तत्त्व छन् ।
उनी भन्छिन्, ‘भारत–चीन सीमा विवाद पूर्वी लद्दाखमा किन हुन्छ ? किन उत्तरपूर्वी भारतमा हुँदैन जहाँ चिनियाँहरूसँग विभिन्न ठाउँमा सीमाविवाद छन् र उनीहरू भारतको अरुणाचल प्रदेशलाई चिन्दैनन् ?’
‘उत्तर हो, पांगोङ तालको ६० प्रतिशत भाग तिब्बत स्वायत्त प्रदेशमा पर्छ । हामीले चीनको चिन्ता यहाँ बुझ्नुपर्ने हुन्छ । तिब्बतलाई सिनजियाङसँग जोड्ने सडक जी–२१९ छ र त्यो पांगोङबाट जम्मा १०० किलोमिटर पर छ ।’
मानौं युद्ध भएछ भने नयाँ दिल्लीले जी–२१९ लाई तारो बनाएर तिब्बत र सिनजियाङलाई विच्छेद गराई तुलनात्मक फाइदा दिलाउने ढिल्लों बताउँछिन् । त्यसैले यो स्थानलाई चिनियाँहरूले सम्भावित जोखिमको क्षेत्र मान्ने गरेका छन् ।
दोस्रो कारण भनेको चीन–पाकिस्तान आर्थिक कोरिडोर हो जुन पाकिस्तान अधीनस्थ कश्मीरको गिल्गिट बाल्तिस्तान भएर जान्छ ।
‘एकातिर बेइजिङले भारतको आफ्नै भूभागमा भइरहेको निर्माण र लगानीको विरोध गर्छ भने अर्कातिर चीनले भारतको कट्टर विरोधी पाकिस्तानसँग हात मिलाउँछ र भारतसँग सल्लाह नगरी गिल्गिट बाल्तिस्तानलाई व्यापारका लागि पहुँचयोग्य बनाउन सहयोग गर्छ,’ ढिल्लों भन्छिन् ।
तेस्रो, चीनलाई पेटी सडक पहल सफल बनाउनका लागि हिन्द महासागर हुँदै रणनीतिक सामुद्रिक मार्गमा बाधारहित पहुँच चाहिएको छ । यसका लागि चीनले भारतसँग सुसम्बन्ध बनाउनुपर्ने हुन्छ किनकि भारतले हिन्द महासागर र त्यहाँका प्रमुख स्थानलाई नियन्त्रण गर्छ ।
एसियाका यी दुई विशाल देशले हल गर्नुपर्ने अनेकौं विषय छन् तर हालै सम्पन्न शांघाई कोअपरेसन अर्गनाइजेसनको बैठक सफल रहेको अनि पाँच बुँदे सहमति गरिएकोमा रुसको भूमिका महत्त्वपूर्ण रहेको ढिंल्लोको कथन छ ।
‘भारत र रुस परम्परागत साझेदार हुन् र एकअर्काका विश्वास गर्छन्,’ उनले भनिन् । ‘यो त्रिपक्षीय बैठकले पूर्वी लद्दाखमा समाधान ल्याउने काम नगर्ला तर रुसले एसियामा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’
चीन र भारतबीचको द्वन्द्व वाशिङटनको हितमा रहेको ढिल्लोंको तर्क छ । यसका लागि उनले निम्नबमोजिम कारण दिएकी छन् ः
पहिलो, यसले अमेरिकालाई एसिया–प्रशान्त क्षेत्रको नीति अवलम्बन गर्न सहायता गरेको छ । त्यसअन्तर्गत ऊ चीन र उत्तर कोरियामाथि दबाब दिन चाहन्छ ।
दोस्रो, यसले गर्दा अमेरिकाले यस क्षेत्रमा धेरै सैन्य स्रोत उपयोग नगरिकनै चीनमाथि नियन्त्रण कायम गर्न सक्छ । अमेरिकाको प्रभावशाली थिंकट्यांक र्यान्डले क्वाडलाई खुला रूपमा चीनविरोधी साझेदारी बनाउनका लागि अमेरिकाले प्रयास गरिरहेको अनुमान गरेको छ । भारतलाई क्वाडको महत्त्वपूर्ण साझेदार अमेरिकाले मानेको छ ।
वाशिङटन बाहेक पाकिस्तानलाई पनि भारत र चीनबीचको शत्रुताले फाइदा पुर्याउनेछ । भारत र चीन आमनेसामने हुँदा पाकिस्तानले युद्धविराम उल्लंघनको कीर्तिमान तोडेको छ । बेइजिङ र नयाँ दिल्लीबीचको गतिरोध कायम रहिरहेमा इस्लामाबादले कश्मीरमा आफ्नो पोजिसन बलियो बनाउनेछ । तर यो त्यति यथार्थवादी परिदृश्य नभएको ढिल्लोंको मत छ ।
‘
यस संकटलाई समाधान गर्ने कुनै अर्को विकल्प भारत र चीनसँग छ त ? दुवै विकासशील अर्थतन्त्र हुन् । तर चीनको अर्थतन्त्र भारतको भन्दा चार गुणा बढी छ । दुवै देशको सीमाविवाद कायम छ र यसलाई समाधान गर्नमा नै उनीहरूले जोड दिनुपर्छ ।’
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...