×

NMB BANK
NIC ASIA

प्रदेश १ मा १६६ , गण्डकीमा ३० थप, सुदूरपश्चिममा पाँच हजार ७२४ संक्रमित निको

असोज २, २०७७

NTC
Premier Steels

प्रदेश न १ मा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये ५७  महिला  र १०९ पुरुष  रहेका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १००, सुनसरीमा ५६, झापामा आठ र उदयपुरमा दुई जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   विराटनगरमा सो  अवधिमा ५८ जना सङ्क्रमित  थपिएका छन् । ती मध्ये २५ महिला र ३३ जना पुरुष रहेका छन् ।

Muktinath Bank

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३७ जना पुगेको छ । होमआईसोलेशन १२७, कोभिड– १९ आईसोलेशन अस्पताल, सुन्दरहरैचा ३३, धाइजन आईसोलेशन अस्पताल १३, जिल्ला अस्पताल संखुवासभा १०, मेची अस्पताल झापा चार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तीन , वि।जेनरल अस्पताल हरिनगर र मारवाडी सेवा सदन आईसोेलेशन विराटनगरबाट एकएक जना गरी १९२ जना आज डिस्चार्ज भएका छन् । हालसम्ममा यसप्रदेशमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या दुई हजार ४३२ पुगेको छ भने पछिल्लो २४ घण्टाको अवधिमा ६६९ जना सहित एक लाख १३ हजार ८८९ जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । गण्डकी(गण्डकी प्रदेशमा ३० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३२१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।
    थपिएका मध्ये नवलपरासी बर्दाघाट सुस्ता पूर्वका २६ , तनहुँ र कास्कीका दुई÷दुई जना रहेका निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८२७ जनाको पिसीआर परीक्षण गरिएकोमा १०२ जनामा कोरोना पुष्टि भएको छ । यस अवधिमा ४० जना कोरोना निको भएका छन् भने १४ जनामा पुनः पोजेटिभ देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुदूरपश्चिम (प्रदेशमा आज कोभिड—१९का थप १५ जना  सक्रिय सङ्क्रमित थपिएपछि कूल सक्रिय सङ्क्रमित ८१७ जना पुगेका छन् । प्रदेशमा पछिल्लो चार दिन यता कोभिड—१९का सक्रिय सङ्क्रमित बढ्दै गएका छन् । प्रदेशको कैलालीमा सबै भन्दा बढी ४३० जना सक्रिय सङ्क्रमित पुगेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा पछिल्लो २४घण्टामा कैलाली,अछाम,डोटी,बैतडी र बझाङ जिल्लाका गरी थप २५जना सङ्क्रमित भएको पुष्टि भएको छ । यो सँगै कूल सङ्क्रमित भने छ हजार ५५३जना पुगेका छन् । पछिल्ला दिनमा रोगको रोकथाम उपचार व्यवस्थापन लगाएतका काममा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, कर्मचारी समेत सङ्क्रमित हुन थालेका छन् ।  


Advertisment
Nabil box
Kumari

सेती प्रादेशिक अस्पताल धनगढी,डोटी र डडेलधुरा अस्पतालका प्रयोगशालामा कोभिड—१९का शङ्कास्पद नमूनाको परीक्षण भइरहेको छ । बैतडी जिल्ला अस्पतालमा समेत बिहीबारवाट प्रयोगशाला सञ्चालनमा आएको छ । हाल सम्म कोरोना सङ्क्रमणवाट कारण कैलालीका सात,बझाङ र बाजुराका दुई÷दुई र अछाममा एक जना समेत १२ जनाको मृत्यु भएको छ  । कोरोना पोजेटिभ निको भई आजसम्म पाँच हजार ७२४जना निको भएका छन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x