०३ साउन २०८३, आइतबार

काठमाडौंमा हालसम्म कति पुगे कोरोना संक्रमित ?

काठमाडौंमा हालसम्म कति पुगे कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ५९९ कोरोना सङ्क्रमित थपिएका छन् । 
स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौँका एक हजार ३७३, ललितपुरका १८७ तथा भक्तपुरका ३९ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । 

योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ५१७ पुगेको छ । काठमाडौँमा २४ हजार ४६, ललितपुरमा दुई हजार ९८३ तथा भक्तपुरमा दुई हजार ४८८ जना कोरोना भइरसबाट सङ्क्रमित भएका छन् ।    

salt training

कमेन्ट गर्नुहोस्