जसपाले गर्‍यो दशैंभत्ता खारेजीको माग, खातामा आएको रकम कोभिड कोषमा हाल्ने

संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) ले सांसदलाई चाडवाडको नाममा दिइने भत्ता खारेज गर्न माग गरेको छ ।

जसपा केन्द्रीय कार्यकारीणी समितिको सोमवार बसेको बैठकले दशैैंभत्ता फिर्ता गर्ने निर्णय गरेको सो दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले लोकान्तरलाई जानकारी दिए ।


Advertisement

सांसदले दशैंभत्ता बुझेको समाचार लोकान्तर डट्कमले शुक्रवार सार्वजनिक गरेपछि आइतवारदेखि सांसदहरूले भत्ता फिर्ता गर्न शुरू गरेका थिए । नेकपा र नेपाली कांग्रेसले संस्थागत निर्णय गरेरै दशैं भत्ताको रकम कोभिड उपचार कोषमा राख्ने निर्णय गरिसकेका छन् । 

 


‘पार्टीले निर्णय गरिसकेको छ, कसरी फिर्ता गर्ने भन्ने प्रक्रियाबारे हामी छलफलमै छौं,’ अरगरियाले लोकान्तरसँग भने, ‘सकेसम्म हामी एकमुष्ट रूपमै भत्ता फिर्ता गर्छाैं ।’

जसपाका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा सन्देश लेख्दै सरकारी कोषबाट दिइने दशैंभत्ता खारेजीको माग गर्दै आइरहेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्