×

NMB BANK
NIC ASIA

सत्ताधारीको किचलो

नेकपामा 'छिर्के दाउ'– कहिले ओली, कहिले प्रचण्ड त कहिले नेपालको पालो !

कात्तिक ६, २०७७

NTC
Premier Steels

साम्य भयो भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद नयाँ चरणमा प्रवेश गरेको छ ।

Muktinath Bank

गत भदौ २६ को स्थायी कमिटी बैठकले थामथुम पारेको संकट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध 'छापामार' शैलीमा अविश्वास प्रस्ताव दर्ता भएपछि पुनः बल्झिने डीलमा पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यतिबेलै नेकपामा युद्धविराम भएको र आचारसंहिताको पालना नभए घरझगडा फेरि पुरानै तहमा पुग्ने कतिपय नेताहरूले आंकलन गरेका थिए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले मन्त्रिमण्डल हेरफेर र राजदूत नियुक्तिमा एकलौटी गरेर आचारसंहिता तोडेको ओलीइतर पक्षले आरोप लगाइरहेको छ ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीको कार्यशैली नबदलिएको निष्कर्षसहित ओलीइतरका शीर्ष नेताहरू 'भैँसेपाटी गठबन्धन' ब्युँताउने खेलमा लागेका छन् ।

Vianet communication

पछिल्ला केही दिनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'निवास खुमलटारमा प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूको भेटघाट बाक्लिँदै गएको छ ।

पछिल्लो १५ दिनमा कम्तिमा आधा दर्जनपटक खुमलटारमा अध्यक्ष प्रचण्डसहित अन्य ३ नेताहरूको भेटघाट भएको स्रोतले दाबी गर्‍यो ।

वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएका कारण उनी केही समययता निष्क्रिय देखिएका छन् । तर खनाल ओलीइतरको गठबन्धनका प्रमुख खेलाडी हुन् । खुमलटारमा हुने भेटघाटमा खनालको भौतिक उपस्थिति नभए पनि उनले नियमित ब्रिफिङ लिने गरेका छन् ।

गत सालको पुस २३ गते प्रचण्डको पहलमा उनी स्वयं, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ गौतमनिवास भैँसेपाटीमा डिनरसहितको मिटिङ गरेका थिए । भेलाले ओलीले पार्टीभित्र एकल निर्णय लाद्न खोजेकाले त्यो प्रवृत्तिविरुद्ध लड्नुपर्ने निष्कर्ष निकालेको थियो । भैँसेपाटी भेलाको पहिलो नतिजाका रूपमा अग्निप्रसाद सापकोटा सभामुख बने ।

त्यसयता भैँसेपाटी गठबन्धन अस्तित्वमा छ । गत माघमा बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पार्टीभित्र देखिएका सबै गुटबन्दी अन्त्य गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन हुन त परै जाओस्, पार्टीभित्र झन् गहिरो गुटबन्दी देखियो । पार्टी विभाजनको डीलसम्म पुगेर बाँचेको थियो ।

भैँसेपाटी गठबन्धनलाई बालुवाटार पक्षले 'ग्याङ अफ फोर'का रूपमा चित्रित गर्ने गरेको छ । ओलीनिकट एक केन्द्रीय सदस्य भन्छन्, 'त्यो ग्याङ अफ फोर हो । पार्टी बिगार्ने, भत्काउने, सरकारलाई असफल बनाउने काम त्यही ग्याङले गरिरहेको छ । गठबन्धन त राजनीतिक शब्द हो । त्यसलाई गठबन्धन भनिँदैन ।'

शीर्ष नेताहरूको छिर्के दाउ !

पार्टीभित्रको शक्ति सन्तुलन आफ्नो पक्षमा पार्न अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालले भरमुग्दर प्रयास गरिरहेका छन् । नेता नेपाल प्रचण्डलाई शंकासहित विश्वास गर्छन् । प्रचण्डले कतिबेला बालुवाटार पुगेर के सहमति गर्ने हो भन्ने भयमा नेपाल छन् । तर यतिबेला प्रचण्ड नेपाल दुवैको एउटै मिसन छ- ओलीको स्वेच्छाचारिताको सामना डटेर गर्ने । दुई नेताबीच अन्य विषयहरू यतिबेला गौण बनेका छन् ।

स्थायी कमिटी बैठकले राजनीतिक नियुक्तिहरू सहमतिमा गर्ने, सरकारका कामहरू प्रभावकारी ढंगले सञ्चालन हुने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्नेजस्ता धेरै निर्णयहरू गरेको थियो । तर ओलीले त्यसयता गरेका नियुक्तिहरू सहमतिमा नभएको भन्दै ओलीइतर पक्ष फायर छ । प्रचण्ड-नेपाल लगायतका नेताहरू आफ्नो गठबन्धन अझ बढी कसिलो बनाएर ओलीलाई अप्ठ्यारोमा पार्ने दाउ रचिरहेका छन् ।

खुमलटारमा हुने गतिविधिलाई नजिकबाट नियालिरहेको बालुवाटार पनि काउन्टर स्ट्र्याटिजीमा खतरा मानिन्छ । यसको पछिल्लो उदाहरण हो प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको प्रेस नोट । मंगलवार बिहान करीब १ घण्टाजति ओली-प्रचण्डबीच छलफल भएको थियो । छलफल कर्णालीको विवादमा केन्द्रित रह्यो । साँझ करीब साढे ५ बजे थापाले ४ बुँदे सहमति भएको भन्दै प्रेस नोट लेखे ।

बालुवाटारमा ओली-प्रचण्डबीच हुने छलफल र सहमतिमा नेता नेपालले सधैं आँखा गाडिरहेका हुन्छन् । सहमति आउट गरेर प्रचण्ड-नेपालबीच फाटो ल्याउने बालुवाटार रणनीति थियो - प्रेस नोट । ओली-प्रचण्डबीच भएका कुराकानी र सहमतिहरू हम्मेसी सार्वजनिक हुँदैनन् ।

हिजो दुवै पक्षले प्रेस नोटको सहारामा आ-आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरे । खुमलटारले कर्णाली विवादका सन्दर्भमा त्यहीँको पार्टी कमिटी र संसदीय दललाई जिम्मा दिने गरी छलफल भएको तर कुनै सहमति नभएको भन्दै प्रस्ट पारिसकेको छ ।

ओलीले किन बोलाए नेपाललाई बालुवाटार ?

प्रचण्डनिवास खुमलटारमा नेता नेपालको बाक्लो आवतजावत भएको थाहा पाएपछि बालुवाटारले कुनै 'अनिष्ट' हुन सक्ने निष्कर्ष निकालेको छ । त्यसको मापन गर्न मंगलवार ओलीले नेता नेपाललाई फोन गरेर बोलाए । करीब ३ घण्टा जति कुराकानीका क्रममा ओलीले नेता नेपाललाई भने, 'तपाईंहरू मविरुद्ध गठबन्धन गरिरहनुभएको छ, त्यसलाई भत्काउनुस् ।'

स्रोतको दाबीअनुसार नेता नेपालले नेताहरूबीच नियमित कुराकानी हुनुलाई सामान्य लिन आग्रह गरे । 'त्यसो भए मसँग तपाईंको कुरा किन भइरहेको छैन त ?' ओलीको यो प्रश्नको जवाफ नेपालले यसरी दिए, 'म नबोलाइकन हिँड्ने मान्छे होइन । म तपाईंकहाँ नबोलाइएको पाहुना भएर कसरी आऊँ ?'

बालुवाटारलाई नेता नेपालको सहयोग पाउने आशा छैन । तर पनि आफूविरुद्ध कुन तहमा गतिविधि भइरहेको छ भनेर ओली जान्न चाहन्थे ।

नेपालनिकट एक स्थायी कमिटी सदस्य भन्छन्, 'माधव कमरेड नगलेपछि ओली-प्रचण्डबीचको छलफलमा भएका सहमतिहरू बाहिरिएको हुन सक्छ । सहमति बाहिरिनुमा दुईवटा कारण छन्, पहिलो हो माधव नेपालविना पनि सहमति हुन सक्छ भनेर घुर्की लगाउनु । दोस्रो अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीचको घनिष्ठतामा फाटो ल्याउन खोज्नु ।'

तिहारपछि स्थायी कमिटी बैठकको माग गर्ने तयारी ?

स्थायी कमिटी बैठकले गरेका निर्णयहरू प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीबाट धमाधम उल्लङ्घन हुन थालेपछि सशंकित प्रचण्ड-नेपाल समूहले तिहारपछि स्थायी कमिटी बैठक माग गर्ने सम्भावना प्रबल छ ।

'केन्द्रीय कमिटी बैठक नबसे तिहारलगत्तै स्थायी कमिटी बैठक बसेर भदौ २६ मा भएका निर्णयहरू कार्यान्वयनमा के प्रगति भएको छ भनेर सचिवालयलाई सोध्ने हाम्रो तयारी छ,' एक स्थायी सदस्यले लोकान्तरसँग भने ।

कात्तिक १५ मा बोलाइएको जम्बो केन्द्रीय कमिटी बैठक बस्न नसक्ने आंकलन दुवै पक्षका नेताहरूले गरेका छन् । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ भन्छन्, 'बैठक बस्ने आधार देखिएको छैन । त्यतिबेला स्थायी कमिटी बैठकले कोरोना प्रभावकारी रूपमा नियन्त्रणमा आउनेछ भन्ने अनुमानका आधारमा बैठक बोलाउने निर्णय गरेको थियो । पछिल्लो समयमा संक्रमणदर झन् बढेको छ ।'

प्रधानमन्त्री ओलीलाई भने बैठकले टाउको दुखाउने गर्छ । गत साउन २२ गते प्रचण्ड, नेपाल, खनाल र श्रेष्ठले नेकपा बीट हेर्ने पत्रकारहरूसँग अन्तरक्रिया गरेका थिए । त्यतिबेला नेता नेपालले बैठकको नाम सुन्नेबित्तिकै ओलीको टाउको दुख्ने प्रतिक्रिया दिएका थिए ।

ओलीलाई बैठकमा उपस्थित भएर आफ्नो आलोचना सुन्न मन पर्दैन । यसको छनक असार १० गतेदेखि शुरू भएको स्थायी कमिटी बैठकमै ओलीले दिएका थिए ।

मन लागे बैठकमा उपस्थित हुने, मन नलागे उपस्थित नहुने स्वभाव ओलीको छ ।

गत माघ १९ गते सम्पन्न केन्द्रीय कमिटी बैठकमा पनि ओली शुरूको र अन्तिम दिन मात्र उपस्थित भएका थिए ।

नेताहरू भन्छन् - स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनको विकल्प छैन

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीले गरेका निर्णयहरू कार्यान्वयन गर्नुको विकल्प नरहेको बताए । उनले लोकान्तरसँग भने, 'त्यति मेहनत गरेर बैठक बसियो, बैठकले निर्णय गर्‍यो । ती निर्णयहरू लहडमा गरिएका होइनन् । त्यसको कार्यान्वयन हुनुपर्छ ।'

अर्का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी भन्छन्, 'निर्णयहरू सँगै पार्टी विचार, पद्धति, योजनासँग चल्नुपर्छ । अहिले पनि अप्ठ्यारो स्थिति टरिसकेको छैन । समस्या निम्तिछ भने त्यसले हल पनि सँगै लिएर आएको हुन्छ । पार्टी कमिटीको निर्णय कार्यान्वयन नै अन्तिम र विकल्परहित बाटो हो ।'

रायमाझीले पार्टीभित्र मेरो र तेरो गुट भन्दै काखा र पाखा गर्ने गरिएको बताए । 'मेरो र तेरो गुट भनेपछि शक्ति सन्तुलन बिग्रन्छ । काम प्रभावकारी हुँदैनन् । लोकप्रियताको स्तर घट्छ । इतिहासले हामीलाई धेरै कुरा सिकाएको छ, त्यसको कदर गर्नुपर्छ,' रायमाझीले भने ।

स्थायी कमिटीको निर्णयविरुद्ध प्रधानमन्त्री किन जानुभएको भनी लोकान्तरले स्थायी सदस्य नेम्वाङसँग सोधेको थियो । त्यसको जवाफमा उनले भने, 'सहमतिका आधारमा अघि बढ्ने नै स्थायी कमिटी बैठकको मूल स्पिरिट थियो । अध्यक्षद्वयबीच घन्टौं छलफल भइरहेको छ । कामहरू भइरहेका छन् । त्यसैले पार्टीको निर्णयविरुद्ध कामहरू भएको मेरो जानकारीमा छैन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x