×

NMB BANK
NIC ASIA

दशैंको मुखमा सुर्खेतको वीरेन्द्रनगरका सडकपेटी (फूटपाथ) भरिभराउ छन् । दशैंको किनमेलका कारण अन्य समयभन्दा बढी किनमेल बढेको छ ।

Muktinath Bank

लामो समयको लकडाउनपश्चात कोरोना संक्रमणको दर वीरेन्द्रनगरमा बढे पनि आम नागरिकले पर्बाह गर्न छोडेका छन् । दशैं मनाउने खर्च जोहो गर्न डोकोमा र सडकपेटीमा फलफूलदेखि तरकारी बिक्री गर्नेको संख्या दिनानुदिन बढिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कल्पना विश्वकर्मा वीरेन्द्रचोकमा तरकारी बिक्री गर्दै आइरहेकी छन् । उनको अन्य जागिर र व्यवसाय केही छैन । ‘३ छोराछोरीको लालनपालन मैले नै  गर्नुपर्छ । लामो समय लकडाउन भएका कारण आम्दानी छैन । दशैं लागिसक्यो,’ उनले लोकान्तरसँग भनिन्, ‘दशैं हाम्रा लागि चुनौती हो । खर्च बढाउने माध्यमको रूपमा दशैं आउँछ । ऋण–कर्ज गरेरभन्दा फूटपाथमै व्यापार गरेर भए पनि २–४ हजार रुपैयाँ कमाउन सकिन्छ कि भनेर म यहाँ दिनभर नै पसल थापेर बस्दै आइरहेकी छु ।’


Advertisment
Nabil box
Kumari

रामसरा कार्कीको पनि अवस्था उस्तै छ । उनका पति बितेको १० वर्ष भयो । लामो समय लकडाउन भएका कारण उनीसँग आम्दानीको नियमित स्रोत केही छैन । ‘छिमेकीका छोराछोरीले नयाँ लुगा लगाउँदा छोराछोरीलाई पनि नयाँ लुगा चाहिन्छ । उनीहरू दशैं आउनुभन्दा १ महिना अघिदेखि नै नयाँ लुगा भन्छन्,’ उनले भनिन्, ‘दशैं त हुनेखानेहरूको पर्व रहेछ । हामी जस्ता गरीबका लागि दशैं दशा बनेर आउँछ । दशैंले हजारौंको ऋण बोकाएर जाने गर्छ ।’

Vianet communication

वीरेन्द्रनगरका सडक छेउमा डोकोमै मौमसी फलफूल बिक्री गरेर आम्दानी गर्ने र चाडबाडको खर्च जोहो गर्नेहरू धेरै छन् । तीमध्येकै वीरेन्द्रनगर–४ की ६० वर्षीया जगमती उपाध्याय पनि एक हुन् । उनले दशैं नजिकिँदै गर्दा डोकोमा अम्बा बेचेर खर्च जोहो गरेकी छन् । उनी भन्छिन्, ‘डोको रित्तिए मन हलुंगो हुन्छ । नत्र घर फर्किंदा भरी डोकोजस्तै मन पनि भारी हुन्छ ।’

उनी मात्रै होइनन्, दशैंको खर्च जुटाउन गाउँगाउँबाट काँक्रा, अमिलो ल्याई बिक्री गर्नेको जमात पनि सानो छैन । हरेकका आफ्नै बाध्यता र विवशता छन् । ‘बढ्दो तडकभडकका कारण हामीले पनि अरुलाई देखाउनकै लागि भए पनि मिठो–मसिनो खानुपर्ने र नयाँ लुगा लगाउनुपर्ने बाध्यता छ,’ वीरेन्द्रनगर–७ इत्रामका रमेश विश्वकर्मा भन्छन्, ‘यस्तो भड्किलो दशैंले धनीका लागि त रमाइलै भएको होला । तर गरीबलाई भने वर्षभर तिर्न नसकिने ऋणको भारी बोकाएर जान्छ ।’ उनले दशैं मनाउन आफ्नो क्षमता अनुसार नै खर्च गर्नुपर्नेमा जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x