अमेरिकामा पुगे ९० लाख कोरोना संक्रमित, भारतको यस्तो छ तथ्यांक

अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ५३ हजारको हाराहारीमा पुगेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार बुधबार रातिसम्म मृतकको संख्या २ लाख ३२ हजार ३०५ पुगेको छ । 
यस्तै हालसम्म कोरोना निको हुनेको संख्या अमेरिकामा ५८ लाख ८५ हजार रहेको छ भने अहिले पनि सक्रिय संक्रमितको संख्या २९ लाख ३६ हजारको हाराहारीमा रहेको छ । 

यस्तै अमेरिकापछि सबैभन्दा धेरै संक्रमित रहेको भारतमा हालसम्म १ लाख २० हजार जनाको मृत्यु भएको छ । 
हालसम्म ८० लाख ६ हजार संक्रमित रहेको भारतमा ७२ लाख ७३ हजारको हाराहारीमा संक्रमित निको भएका छन् । यस्तै अहिले भारतमा सक्रिय संक्रमित ६ लाख १२ हजारको हाराहारीमा रहेका छन् । 


Advertisement


 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्