×

NMB BANK
NIC ASIA

कोरोना सङ्क्रमितको शव गाडिएको कब्रस्तान सिल,अर्को शव आँगनमै

कात्तिक १४, २०७७

NTC
Premier Steels

कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको धनगढी नगरपालिका वडा नम्बर १मा रहेको कब्रस्तान सिल गरिएको छ ।

Muktinath Bank

धनगढी उपमहानगरपालिका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीको रोहभरमा सो क्षेत्र सिल गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरू बिच छलफल गर्दा पनि कुनै निष्कर्ष नआए पछि अर्को निर्णय नभए सम्मका लागी कब्रस्तान सिल गरिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएकी कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बीचमै रहेको कब्रस्तानमा गाडेका थिए ।
मानववस्ती सँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् । उनीहरूले त्यहाँ गाडिएको शव निकालेर अन्यत्रै व्यवस्थापन गर्न माग गरिरहेका छन् ।
धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ बर्सिया महिलाको सेती प्रादेशिक अस्पतालमै बिहीबार विहान मृत्यु भएको थियो ।


Advertisment
Nabil box
Kumari

कब्रस्तान नखुल्दा शव आँगनमै 

Vianet communication

मानववस्तीसँगै जोडिएका कब्रस्तानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरेको भन्दै स्थानीयले विरोध स्वरूप कब्रस्तानमा गरिएको तालाबन्दी नखुल्दा अर्को शव व्यवस्थापनमा समस्या सिर्जना भएको छ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि शुक्रवार बिहान मृत्यु भएको धनगढी उपमहानगरपालिका–१, का ५० वर्षीय मोहम्मद जमसेदको शव व्यवस्थापनमा समस्या भएको आफन्तले गुनासो गरेका छन्।

‘कोरोना सङ्क्रमितलाई कब्रस्तानमा गाडिएको भन्दै स्थानीयले कब्रिस्तानमा लगाएको तालाबन्दीले गर्दा मैले बुबाको शव व्यवस्थापन गर्न सकेको छैन,’ मृतक जमसेदका छोरा सद्दामले भने, ‘हाम्रो संस्कारअनुसार क्रिस्तानमै शव गाड्नुपर्छ। तर, कब्रस्तानमा तालाबन्दी गरिएपछि अन्तिम संस्कार गर्न नपाउँदा बिहानदेखि शव आँगनमै राखेका छौँ ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कब्रस्तानमा गरिएको तालाबन्दीका कारण अर्को शव व्यवस्थापनमा समस्या आएकाले मुस्लिम समुदाय र तालाबन्दी गर्ने पक्षसँग छलफल गरिरहेको बताए।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x