
बालिकालाई ललाई फकाई बिक्री गर्न खोजेको आरोपमा प्रहरीले आज एक आरोपित पक्राउ गरेको छ । प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय सुनिलकुमार शर्मा भनिने नुर सलामलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका आरोपितलाई आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले बताए । पीडितहरूको उद्धार भई घर फर्किएपछि उनीहरुका बुवाले संयुक्तरुपमा आइतबार दिएको मानव बेचविखन तथा ओसारपसार विरुद्धको उजुरी दर्ता गरी एक जना आरोपितलाई पक्राउ गरिएको हो ।
यहाँका १३ र १४ वर्षीया बालिकालाई बेचविखन गर्न भारत लगेको आरोपमा सलाम पक्राउ परेको र अर्का आरोपित हनुमाननगर कंकालिनी–६ का २० वर्षीय ओमप्रकाश चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।