०३ साउन २०८३, आइतबार

प्रदेश १ मा ३६३ कोरोना सङ्क्रमित थपिए

कात्तिक १८, २०७७
प्रदेश १ मा ३६३ कोरोना सङ्क्रमित थपिए

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६३ कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको एक हजार ८५ जनाको पिसिआर परीक्षणमा १५३ महिला र २१० पुरुषको रिपोर्ट पोजेटिभ आएको  छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमितमा मोरङमा १५६ मध्ये विराटनगरमा १२०, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा आठ, धनकुटा र इलाममा दुईदुई, पाँचथर, भोजपुर र तेह्रथुममा एकएक र प्रदेश बाहिरका १२ जना  छन् ।  प्रदेशमा सङ्क्रमितको सङ्ख्या २० हजार १५४ पुगेको छ ।

विभिन्न अस्पताल तथा आइसोलेशननबाट आज १६० सङक्रमित निको भई घर फर्केका छन् । उनीहरुको सङ्ख्या हालसम्म ११ हजार ७३६ पुगेको मन्त्रालयले जनाएको छ ।  प्रदेशमा हालसम्म एक लाख ६३ हजार ४९९ जनाको पिसिआर परीक्षण  सम्पन्न गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्