×

NMB BANK
NIC ASIA

सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा भुसाल, रायमाझी र गजुरेलको जमघट, पार्टीलाई फुट्न नदिने !

कात्तिक २३, २०७७

NTC
Premier Steels

नेकपाका सचिवालय सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल तथा सचिवालय सदस्यहरू टोपबहादुर रायमाझी र हरिबोल गजुरेलबीच आइतवार छलफल भएको छ ।

Muktinath Bank

मन्त्री भुसालको कार्यकक्षमा भएको भेटमा दुई अध्यक्षबीचको विवाद र पार्टीमा देखिएको अन्तरविरोध हल गर्ने विषयमा छलफल भएको नेता रायमाझीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'पार्टीभित्रको अन्तरविरोध हल गर्ने विषयमा छलफल भयो,' रायमाझीले भने, 'अहिलेको अन्तरविरोध सैद्धान्तिक मात्र नभएर प्राविधिक पनि हो ।'


Advertisment
Nabil box
Kumari

पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने विषयमा कुराकानी भएको नेता गजुरेलले जानकारी दिए । 'पार्टीलाई कुनै पनि हालतमा फुट्न दिँदैनौं, समय लाग्न सक्छ, हामी जुट्छौं,' गजुरेलले लोकान्तरसँग भने ।

Vianet communication

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला उता बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

अध्यक्ष प्रचण्ड, नेता नेपालसहित सचिवालयका ५ जना सदस्यले ४८ घण्टाभित्र सचिवालयको बैठक राख्न अल्टिमेटम दिएको भोलिपल्ट दुई नेताबीच छलफल भएको हो ।

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले केही नेतासहित नेता नेपाल बालुवाटार गएको लोकान्तरसँग पुष्टि गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसमेत सहभागी छन् ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला सहमतिको प्रयास स्वरूप ओलीले नेपालसँग छलफल गरेका हुन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा नेता नेपाल सहित सचिवालयका ५ जनाले ४८ घण्टाभित्र सचिवालयको बैठक बोलाउन शनिवार ओलीलाई पत्र बुझाएका थिए ।

पाँच नेपाले पत्र बुझाएको भोलिपल्टै ओलीले नेपालसँग गरेको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x