भदौ १, २०७९
हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन् । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवा...
तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ ।
विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् ।
तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ । आयुर्वेदअनुसार तुलसीको काँढा बनाएर पिउँदा ज्वरो घट्छ ।
अलिकति पानीमा तुलसीको पात र दालचिनी हालेर उमाल्नुस् । ज्वरो आउँदा यो काँढा दिनमा धेरैचोटि पिउनुस् ।
तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले यसले प्यानक्रियाटिक बीटा सेल्सको कामकाजमा सुधार गर्छ । इन्सुलिन सेन्सिटिभिटी बढाएर ब्लड सुगर कम गर्दै मधुमेह नियन्त्रण गर्छ ।
तुलसीले रक्तचाप र कोलेस्ट्रोल स्तरलाई कम गरेर मुटुलाई स्वस्थ राख्छ । दिनदिनै तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्दैन ।
तुलसीले तनाव जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ । त्यस्तै तुलसीले फ्री –याडिकल क्षतिबाट बचाएर तपाईंलाई तनाव हुन दिँदैन ।
त्यस्तै तुलसीले रगतमा युरिक एसिडको स्तर घटाएर मिर्गौलालाई स्वस्थ राख्छ । चुरोट खाने कुलत पनि तुलसीको पात चपाउँदा हट्छ ।
तुलसीमा हुने थाइमोलले छालासम्बन्धी समस्या ठीक पार्छ । यसले रगत सफा गरेर अनुहारमा कान्ति ल्याउँछ ।
तुलसीमा हुने पेनकिलर गुणले माइग्रेनका कारण हुने टाउकोदुखाइलाई यसले कम गर्छ । दिनदिनै तुलसीका चारपाँचवटा हरिया पात चपाउँदा माइग्रेन भाग्छ ।
एजेन्सी
हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन् । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवा...
पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार २ हजार ८२ पीसीआर विधिबाट परीक्षण...
क्युबाको स्वास्थ्य सेवा प्रणाली संसारमै उत्कृष्टमध्येको एक मानिन्छ । अचम्मको कुरा त देशको वार्षिक औसत आय ७८२ डलर (नेपालको ८१२ डलर छ) भए पनि क्युबालीहरूको स्वास्थ्य अतिविकसित देशको बराबर नै छ । अनि विश्वव्य...
जिल्ला कारागार बैतडीभित्र कोरोना संक्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण दे...
बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप ...
क्यान्सर शरीरको जुनसुकै अंगमा हुन सक्छ । र, जुनसुकै उमेरका मानिसमा पनि हुन सक्छ । यसैले यस रोगबारे सधैँ सचेत हुन आवश्यक हुन्छ । क्यान्सरबाट बच्नका लागि यस्ता खाद्यपदार्थको प्रयोग गर्नु लाभदायक हुन्छ : लसुनमा भ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...