
नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले सालका काठ, दाउराहरुको कटान, मुछान, बिक्री वितरण र ओसार पसारमा लगाइएको रोकावट खुलाउन सरकारसँग माग गरेको छ ।
महासङ्घले प्रधानमन्त्रीलाई पत्र लेखेर सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिको प्रतिवेदनले औँल्याएको विषय कार्यान्वयनका लागि आग्रह गरेको हो । समितिको प्रतिवेदनले औंल्याएका विषय कार्यान्वयनको लागि वन तथा वातावरण मन्त्रालयलाई पठाउने मन्त्रिपरिषद्को निर्णय हालसम्म पनि कार्यान्वयन नभएको महासङ्घका अध्यक्ष श्यामसुन्दर ढकालले जानकारी दिए ।