×

NMB BANK
NIC ASIA

विकास : गाउँपिच्छे सडक, तर छैनन् पुल !

मंसिर १२, २०७७

NTC
Premier Steels

वर्षायामभरि तमानखोला गाउँपालिकाको यातायात ठप्प हुन्छ । हिउँदमा खोलानाला घटेर सवारी चले पनि जोखिमपूर्ण यात्रा गर्नुपर्छ ।

Muktinath Bank

गाउँँपिच्छे सडक पुगे पनि पुल छैनन् । पुल नहुँदा चालक र यात्रुलाई सास्ती छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि १५ किमि दूरीमा रहेको नर्जा पुग्न छ ठाउँमा खोला तर्नुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा नं ३ को तमान गाउँ र २ को बोङ्खानी जाँदा पनि दुई÷दुई पटक खोला भेटिन्छ । तमान, बोङ्गा र नर्जाखोला छेउछाउ भएर गएका सडकले सिङ्गो गाउँपालिकालाई यातायातको सञ्जालमा जोडेका छन् ।


Advertisment
Nabil box
Kumari

सडक विस्तार तीव्र भएपनि बाह्रैमास यातायात सहज छैन । त्यसो हुनुको एउटै कारण हो खोलामा पुल नहुनु । वर्षायाममा त गाउँपालिका जोड्ने बुर्तिबाङ–बोङ्गादोभान सडक पनि रोकिन्छ ।

Vianet communication

मध्यपहाडी लोकमार्गदेखि उक्त सडकको दूरी जम्मा दश किमि छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण जिम्मा लिएको उक्त खण्डका दुई पुल अझै निर्माणाधीन अवस्थामा छन् ।

ढोरपाटन नगरपालिका–४ को हुन्द्राफेदी र तमानखोला–२ को भालिबाङमा पुल बनेपछि बोङ्गादोभानसम्मको यातायात सहज बन्ने छ ।

ती पुल आउँदो वर्षायामसम्म बनाइसक्ने प्राधिकरणको लक्ष्य छ । समयमा पुल नबने तमानखोलावासीको सास्ती फेरि दोहोरिने पक्का छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले पुल निर्माणमा ढिलाइ हुन नहुने बताए ।

“ती दुई पुल बन्दा गाउँपालिका केन्द्रसम्म बाह्रैमास यातायात चल्छ”, उनले भने, “अहिले खोला घटेकाले हिम पाइप राखेर त्यहीमाथिबाट सवारी चल्ने बनाएका छौँ ।”

प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का इञ्जिनीयर हरिशचन्द्र बडुले तोकिएको समयसीमामै पुल बन्ने बताए ।

उनका अनुसार हुन्द्राफेदीमा बनिरहेको लुकुरवन खोला पुलको काम ५० प्रतिशत सकिएको छ । आउँदो चैतभित्रै उक्त पुल सञ्चालनमा आउने छ ।

रु तीन करोड ६६ लाखको लागतमा निर्माण कम्पनी कर्ण–प्रदीप–जुम्लीले पुल बनाइरहेको छ । अघिल्लो मङ्सिरदेखि उक्त पुलको काम शुरु भएको थियो ।

यस्तै भालिबाङ खोला पुल पनि आउँदो असारभित्रै सक्ने गरी निर्माण कम्पनी नयाँबाटो–सूर्योदय–जिएस–जुम्लीले जिम्मा लिएको छ ।

रु चार करोड ४२ लाख लागत रहेको उक्त पुलको काम पनि धमाधम भइरहेको इञ्जिनीयर बडुले बताए । गत असोजदेखि निर्माण थालिएको पुलको सम्झौता अवधि जम्मा ९ महिना छ ।

“आउँदो वर्षायामअगावै दुवै पुल सञ्चालनमा आउँछन्, निर्माण कम्पनीले पनि समय तालिकाअनुसार नै काम गरिरहेका छन्”, इञ्जिनीयर बडुले भने ।

बुर्तिबाङ–बोङ्गादोभान सडकस्तरीकरणको काम पनि प्राधिकरणले नै गरेको हो । सडक राम्रो भएपछि अहिले पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि आधा घण्टामै तमानखोला पुग्न सकिन्छ ।

अध्यक्ष बुढाले गाउँपालिकाका अन्य ठाउँमा पनि पुल निर्माणका लागि प्रदेश र सङ्घ सरकारसँग माग गरिएको बताए ।

धेरै ठाउँमा पुल बनाउनुपर्ने भएकाले गाउँपालिकाको स्रोतले मात्र नधान्ने उहाँको भनाइ छ । सडकलगायत पूर्वाधार विकासमा गति लिइरहेको तमानखोलामा पुलको खाँचो छ ।

“पुल बनेर बाह्रैमास यातायात चल्ने अवस्था आएमा स्थानीयवासीको दैनिकी थप सहज बन्छ”, उनले भने । रामबहादुर थापा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x