×

NMB BANK
NIC ASIA

काँग्रेस महाधिवेशन : चार जिल्ला क्रियाशील सदस्यताबाट वञ्चित

मंसिर १६, २०७७

NTC
Premier Steels

नेपाली काँग्रेसको क्रियाशील सदस्यताको सबै काम टुङ्गो लगाउन अब १५ दिन मात्रै बाँकीछँदा चार जिल्लामा भने क्रियाशील सदस्यता वितरणको प्रक्रिया नै सुरु भएको छैन ।

Muktinath Bank

आगामी फागुनमा हुने तय भएको १४औँ महाधिवेशनको प्रयोजनका लागि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण सक्नुपर्ने समय अवधि मङ्सिर मसान्तसम्म तोकिएको छ । यो अवधिमा सबै जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता वितरणको सबै प्रक्रिया पूरा गरी त्यसको अन्तिम विवरण केन्द्रमा पठाइसक्नुपर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विभिन्न कारणले अझै चार जिल्लामा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणका लागि फाराम लैजान बाँकी रहेको जानकारी दिए। ती चार जिल्ला बारा, सप्तरी, सिन्धुपाल्चोक र सोलुखुम्बु छन् । तीन जिल्लाको समायोजन बाँकी छ भने सोलुखुम्बुको आन्तरिक विवादका कारण केन्द्रले नै क्रियाशील सदस्यताको फाराम लैजान रोकेको भनाइ जिल्लाका नेताको छ ।


Advertisment
Nabil box
Kumari

अझै आठ जिल्लाले नयाँ क्रियाशील सदस्यता वितरणका लागि थप फाराम नै लान बाँकी छ । काँग्रेसको साउन २२ मा बसेको बैठकले १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको सङ्ख्या शतप्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । हाल पार्टीमा करिब पाँच लाख क्रियाशील सदस्य छन् र त्यत्तिकै सङ्ख्यामा थपेपछि क्रियाशील सदस्यको सङ्ख्या १० लाखको हाराहारीमा पुग्नेछ ।

Vianet communication

अझै समायोजन बाँकी
अन्य राजनीतिक दलबाट काँग्रेसमा प्रवेश गरेका स्थानीय नेताको व्यवस्थापन गर्न पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समायोजन समितिको बैठक सोमबार पार्टी केन्द्रीय कार्यालयमा लामो समयसम्म बस्यो । पार्टीका उपसभापतिद्वय, महामन्त्रीद्वय, सहमहामन्त्री सहितको सो बैठकमा विभिन्न विषयमा छलफल भए पनि कुनै टुङ्गो भने लागेको छैन ।

तत्कालीन फोरम लोकतान्त्रिक २०७४ असोज २८ गते काँग्रेसमा समाहित हुने सहमति भए पनि अहिलेसम्म समायोजन प्रक्रिया टुङ्गोमा पुगेको छैन । सो पार्टीका करिब २४ हजारभन्दा बढी सदस्यलाई काँग्रेसमा क्रियाशील सदस्यता प्रदान गर्ने सहमति भइसकेको छ तर बारा, सप्तरी र सिन्धुपाल्चोकमा समायोजनको काम नै सकिएको छैन ।

काँंग्रेसले १४औँ महाधिवेशनका लागि गठित केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले समितिको सोमबार बसेको बैठकले बारा जिल्लाबाट आएको विवरणको अध्ययन गरेको जानकारी दिनुभयो । बाराको समायोजनको कुरा मिलेको तर औपचारिक निर्णय हुन बाँकी छ ।

यसैगरी समायोजनको कार्य पूरा गर्न सप्तरीबाट परामर्शका लागि जिल्ला स्तरका नेतालाई काठमाडौँ बोलाइएको छ । उता सिन्धुपाल्चोकको विवरण पर्याप्त नभएकाले समायोजन प्रक्रिया नै ढिला हुने देखिएको छ । समायोजनको कार्य सकेर मात्रै क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण  गर्न बाटो खुला हुनेछ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x