×

NMB BANK
NIC ASIA

सुगन्धित क्यामोमाइलको उत्पादित तेलले पाएन बजार, किसानले छाडे खेती

मंसिर १७, २०७७

NTC
Premier Steels

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छाडेकी छन् । सुगन्धित क्यामोमाइलको प्रशोधित तेल बिक्री हुन छाडेपछि यस वर्ष उनले खेतमा क्यामोमाइल खेती गरेकी छैनन् । खेतमा उनले गहुँ छरेकी छन् ।

Muktinath Bank

“क्यामोमाइलको प्रशोधित तेल बिक्री गर्नका लागि व्यापारी खोज्न निकै भौँतारिनुपर्ने समस्या छ”, उनले भनिन्, “बिचौलियामार्फत पाइएका व्यापारीले थोरै मूल्यमा तेल खरिद गर्दा निकै समस्या भएको छ । खेती गर्दादेखि तेल प्रशोधन गर्दासम्मको लागत खर्चसमेत नउठ्ने भएपछि खेती गर्न छाडेका छौँ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीन वर्षदेखि क्यामोमाइल खेती गर्दै आएकी उनले प्रतिवर्ष क्यामोमाइलको तेल बिक्री गरेर रु ४० हजार जति आम्दानी लिँदै आएकी थिइन् । बिचौलियाले रु ५५ हजार प्रतिलिटरमा बिक्री हुँदै आएको तेलको मूल्य घटाएर रु २५ हजार पुर्‍याएपछि उनीजस्तै गाउँका अधिकांश किसानले क्यामोमाइलको खेती गर्न छाडेका छन् ।
 
तीन जना किसानबाट शुरु गरेको क्यामोमाइल खेती गर्ने किसानको सङ्ख्या तीन वर्षको अवधिमै ७० पुगेको थियो । हाल सो खेती गर्ने किसानको सङ्ख्या शून्यमा झरेको छ ।


Advertisment
Nabil box
Kumari

“जङ्गली जनावरले नखाने, थोरै मेहनत गरे पुग्ने र सिँचाइमा अन्नबालीभन्दा गतिलो आम्दानी हुने भएपछि परिवारको खर्च धान्नका लागि वैदेशिक रोजगारीमा जाने युवाले गाउँमै रोजगारी पाएका थिए”, प्रगति महिला जडीबुटी व्यवस्थापन समितिका सचिव हर्कबहादुर ऐरले भने, “नसोचेको आम्दानी क्यामोमाइल खेतीबाट हुन थालेपछि युवा खेतीमा संलग्न हुन थालेका थिए । परिवारको खर्च सहजै क्यामोमाइल खेतीले धानेको थियो ।”
 
बजार नै नपाइएपछि किसानले खेती गर्न छाडेका छन् । क्यामोमाइललगायतको जडीबुटीमा संलग्न भएका युवा रोजगारी खोज्दै विदेशिनुपर्ने बाध्यता सिर्जना भएको उनले बताए । पहिलो वर्ष क्यामोमाइलको प्रशोधित तेल प्रतिलिटर रु ४० हजारमा बिक्री भएकोमा दोस्रो वर्ष रु ५३ हजार र तेस्रो वर्ष रु २५ हजारमा बिक्री भएको छ ।

Vianet communication

बजार मूल्यमा आएको उत्तारचढाव र बिचौलियाका कारण उत्पादित क्यामोमाइलको चार लिटर तेल बिक्री हुनसकेको छैन ।  

“क्यामोमाइल रोप्ने अहिलेको समयमा किसानले कुनै सुरसार नै गरेका छैनन्”, प्रगति महिला सामुदायिक वनका अध्यक्ष रामबहादुर साउदले भने, “क्यामोमाइल रोप्ने खेतमा गहुँ छरेका छन् । क्यामोमाइलको उत्पादित तेल बिक्री गर्नका लागि भरपर्दो बजार नपाउँदा किसानले यो खेती गर्न छाडेका छन् ।”
 
“क्यामोमाइल, मेन्था फ्रेन्चावेशील, लेमनग्रासलगायको जडीबुटी खेतीबाट आम्दानी लिन सकिने कुरा बुझाउनका लागि किसानलाई धेरै मेहेनत गर्यौँ” उनले निराश हुँदै भने, “क्यामोमाइलबाट किसानले राम्रै आम्दानी लिँदै आएका बेला प्रशोधित तेल बिक्री नहुने समस्याले किसानले खेती नै गर्न छाडेका छन् ।”
 
जडीबुटीको उत्पादित तेल बिक्रीका लागि बजार नहुँदा निकै समस्या भएकाले बजारको खोजी गरी पुनःकिसानलाई जडीबुटीखेती तर्फ डोर्याउने प्रयासमा लाग्ने उनी बताउँछन् । क्यमोमाइलसँगै बेलडाँडीका किसानले प्रगति महिला सामुदायिक वनबाट तीतेपाती(करिपत्ता)सङ्कलन गरी उद्योगमा प्रशोधन गरी तेल उत्पादन गर्दै आएका छन् । यो वर्ष तीतेपातीको तेल बिक्री नभएपछि सो सङ्कलनको कार्यसमेत बन्द भएको छ । 

सामुदायिक वनका उपभोक्ताले उत्पादन गरेको करिपत्ताको तेल ६५ लिटर बिक्री हुनसकेको छैन । व्यापारी नै तेल खरिद गर्न नआएपछि तेल सामुदायिक वनको कार्यालयमा थन्किएको हो । करिपत्ताको तेल रु चार हजार प्रतिलिटरका दरले बिक्री हुँदै आएको छ । 

यस क्षेत्रका किसानले मेन्था खेती भने गरेका छन् । बेलडाँडीका २८ परिवारले मेन्थाको खेती गर्दै आएका छन् । प्रतिवर्ष मेन्थाबाट ४० टिर तेल उत्पादन हुँदै आएको छ । यसको बजार मूल्य प्रतिलिटर रु दुई हजार ४०० छ । प्रगति महिला सामुदायिक वन र दातृ निकायको सहयोगमा जडीबुटी प्रशोधनका लागि दुईवटा प्लान्ट जडान गरिएका छन् । 

एउटा प्लान्ट निड्स नामक गैरसरकारी संस्थाले रु पाँच लाख २० हजारको लगानीमा र अर्को प्लान्ट सोहीअनुसारको लगानीमा सामुदायिक वनले जडान गरेको छ ।

जडीबुटी उद्योगका छाना र छहारी घरसमेत सामुदायिक वनले बनाएको छ । जडीबुटी प्रशोधनको काम बन्द भएपछि उद्योगमा कार्यरत आधा दर्जनभन्दा बढी व्यक्तिको रोजगारीसमेत खोसिएको छ । जिल्लामा प्रतिवर्ष क्यामोमाइलको तेल २५१ लिटर उत्पादन हुने गरेको छ । यसको बजार मूल्य रु एक करोड २५ लाख ५० हजार रहेको छ ।
 
वेदकोट नगरपालिकाका धर्मपुर, जडेपानी, बैतडा, महाकाली नगरपालिका, दोधारा चाँदनी, पुनर्वास–३ अमरबस्ती, शुक्लाफाँटा नगरपालिकाको बेलडाँडी, जुडा, कसरौलगायत क्षेत्रका किसानले क्यामोमाइल खेती गर्दै आएका छन् ।
  
क्यामोमाइलको प्रशोधित तेल व्यापारीले सस्तोमै खरिद गरी भारतीय बजारमा बढी मूल्यमा बिक्री गर्दै आएका छन् । यस वर्ष कोरोना भाइरसको महामारीका कारण उत्पादित तेलले बजार पाउन नसक्दा मूल्यमा कमी आएको तेल खरिदमा संलग्न व्यापारीको भनाइ छ ।

सुगन्धित प्रशोधित क्यामोमाइलको तेलमा जीवाणु प्रतिरोधात्मक गुण हुने भएकाले आँखा दुखेको, टाउको दुखेको, छाती दुखेको, लुतो, खोकी, कफ, दमसँगै मानसिक चिन्ता हटाउन, अनिद्रा, अमलपित्त, अल्सर, जीउ पोल्ने समस्या भएका बिरामीका लागि उपयोगी हुने गरेको छ ।

क्यामोमाइलले पाचनशक्ति बढाउने र उत्तेजना बढाउने कार्यसमेत गर्दछ । यसमा एन्टी अक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी तत्व पाइने गरेको छ । विभिन्न सौन्दर्य प्रशोधन, खाद्य तथा पेय पदार्थलाई बास्नादार बनाउन क्यामोमाइलको तेल प्रयोग हुने गरेको छ । क्यामोमाइल सयपत्री फूल परिवारको सुगन्धित वनस्पतिका रूपमा रहेको छ ।

यसको फूलबाट निकालिने सुगन्धित तेल विभिन्न खाद्य सामग्री, सौन्दर्य प्रशोधन तथा औषधीय प्रयोजनका लागि प्रयोग हुने भएकाले यो आयमूलक वनस्पतिका रूपमा रहेको छ । क्यामोमाइलको प्रशोधित तेलको व्यापारिक नाम ‘ब्लुआइल’ रहेको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x