×

NMB BANK
NIC ASIA

एन्टिजेन परीक्षणमा संक्रमित ८ प्रतिशत भेटिए

मंसिर १८, २०७७

NTC
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels

समुदायस्तरमा एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएकामध्ये ८ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

Muktinath Bank

सरकारले काठमाडौं उपत्यकामा कोरोना हटस्पट मानिएका क्षेत्रका समुदायमा कोराना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिजेन विधिबाट परीक्षण गरेको हो । दुई दिनमा १ हजार ५ सय ५ जनाको स्वाब सकलन गरी एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १५ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । सोमबार ७ सय २० जनाको परीक्षण गरिएकामा ४३ जना र बुधबार ७ सय ८५ जनाको परीक्षण गर्दा ७२ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘योभन्दा बढी हुन सक्ने अनुमान गरेका थियौं,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘समुदायस्तरमा गएर परीक्षण गर्दा पनि संक्रमण न्यून नै देखियो ।’ सोमबार एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आउने ४३ जनाको पीसीआर परीक्षण पनि गरिएको थियो । त्यसमा पनि सबैको रिपोर्ट पोजिटिभ नै आएको ईडीसीडीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

अहिले पनि पीसीआर परीक्षण गर्दा भेटिएका मुलुकभरका संक्रमितमध्ये ४० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् । बुधबार देशभरबाट १ हजार ४ सय ९० जना संक्रमित थपिएकामा काठमाडौं उपत्यकाका मात्रै ७ सय २३ जना छन् । यो कुल संक्रमितको ४८.५२ प्रतिशत हुन आउँछ ।

Vianet communication

दुई दिनमा तीन हजार जनाको एन्टिजेन विधिबाट काठमाडौंमा स्वाब परीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना भए पनि परीक्षण गर्नेको संख्या भने न्यून रह्यो । ईडीसीडीले बानेश्वर, शंखमूल, बालाजु, नयाँबजार, चाबहिल, मित्रनगर, धुम्बाराही, विशालनगरलगायतका स्थानबाट स्वाब संकलन गरेको थियो । ५ सय जनाभन्दा बढी संक्रमित भएका क्षेत्रमा एन्टिजेनमार्फत परीक्षण सुरु भएको हो । जसअनुसार सक्रिय संक्रमितको सम्पर्कमा रहेकाको परीक्षणलाई प्राथमिकता दिइएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा पनि पीसीआर गरेजस्तै नाकबाट स्वाब लिइन्छ । उक्त स्वाबलाई किटमा राखेको आधा घण्टामै रिपोर्ट थाहा पाउन सकिन्छ ।

‘टोल–टोलमा खबर गरेर परीक्षण गरेका छौं,’ काठमाडौं–१० का वडाध्यक्ष राजकुमार केसीले भने, ‘एन्टिजेन परीक्षणले बानेश्वर, शंखमूल क्षेत्रको कोरोनाको वास्तविक चित्र देखिएको छ ।’ वडाका जनप्रतिनिधिले टोल सुधार समिति, क्लब, गुठी परिचालन गरेर स्वाब संकलनबारे स्थानीयमा खबर गरेका थिए । ‘कन्ट्याक्ट ट्रेसिङमा परेकालाई अनिवार्य गरेका थियौं,’ उनले भने । रत्नराज्य स्कुलमा १ सय ९१ जनाको स्वाब परीक्षण गर्दा २१ र शंखमूलमा १ सय ३६ जनाको परीक्षण गर्दा २१ जनामा कोरोना पोजिटिभ देखिएको छ । यहाँ एउटै परिवारका चार जनासम्मलाई संक्रमण पुष्टि भएको छ ।

ईडीसीडीले समुदायस्तरमा परीक्षण थालेपछि लक्षण नदेखिएका र संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाले समेत परीक्षण गर्ने मौका पाएका छन् । बानेश्वर बस्ने एक परिवार बुधबार बिहानसम्म हिँडडुल गरिरहेको थियो । उनीहरूमा कोरोनाको सामान्य लक्षण भने थियो । वडा कार्यालयले निःशुल्क परीक्षण गर्ने जानकारी गराएपछि उनीहरू परीक्षण स्थलमा पुगे । ईडीसीडीबाट खटिएका प्राविधिकले एन्टिजेनबाट परीक्षण गर्दा उक्त परिवारका चार जनाको रिपोर्ट पोजिटिभ देखियो । ‘कोरोना लागेको होला भन्ने कुनै पनि शंका थिएन,’ उक्त परिवारका एक सदस्यले भने, ‘स्वाब दिँदा पोजिटिभ देखियो ।’

रत्नराज्य स्कुलमै स्वाब दिएका एक दम्पतीमा पनि संक्रमण पुष्टि भयो । उनीहरूमा सामान्य लक्षणसमेत थिएन । एन्टिजेन विधिबाट परीक्षण गराउन स्वाब दिएर दुवै जना त्यहाँबाट बाहिरिएका थिए । रिपोर्ट पोजिटिभ आएपछि पुनः बोलाई पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । घरमै आइसोलेसनमा बस्ने सर्तमा उनीहरूलाई पठाइएको थियो ।

पछिल्लो समय स्थानीय तहले परीक्षणका लागि स्वाब लिन छाडेपछि कतिपय लक्षण देखिए पनि परीक्षण नगराई घरमै बस्ने गरेका छन् । यसपटक वडाको खबरपछि आएका स्थानीयको एन्टिजेन विधिबाट परीक्षण गर्दा लक्षण नभई हिँडडुल गरिरहेकामा पनि संक्रमण पुष्टि भएको छ । ईडीसीडीले बुधबार काठमाडौंको बानेश्वर, शंखमूल, कुलेश्वर, बालाजु, नयाँबजारमा एन्टिजेन विधिबाट स्वाब परीक्षण गरेको थियो । बालाजु र नयाँबजार क्षेत्रमा २ सय ९१ जनाको परीक्षण गर्दा १९ जनामा, बाइसधारा पार्कमा १ सय ६० मध्ये ८ जनामा र नयाँबजारमा १ सय ३१ मध्ये १० जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजेनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण सुरु भएको हो । एन्टिजेन विधिबाट कम लागत र छोटो समयमै संक्रमण भए–नभएको पत्ता लगाउन सकिने डा. पाण्डेले बताए ।

यस विधिलाई समूहमा परीक्षण गर्नुपर्ने अवस्थामा प्रयोग गरिने मन्त्रालयको निर्देशिकामा उल्लेख छ । त्यस्तै, अस्पतालमा उपचाररत बिरामीहरूको तत्काल रिपोर्ट आवश्यक पर्ने अवस्थामा, सफाइकर्मी, तरकारी बजार, कारागार, विभिन्न आवासगृह, सुरक्षाकर्मीमा पनि एन्टिजेनबाट परीक्षण गरिने जनाइएको छ । ‘अब काठमाडौं उपत्यकामा मात्र होइन, अन्य सहरी क्षेत्रमा पनि एन्टिजेनबाट परीक्षण गरी संक्रमितको पहिचान गर्ने योजना बनाएका छौं,’ डा. पाण्डेले भने । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x