×

NMB BANK
NIC ASIA

परराष्ट्रमन्त्रीको दावी : ‘रअ प्रमुखको भ्रमण पारदर्शी’

मंसिर २०, २०७७

NTC
Premier Steels

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय गुप्तचर संस्था (रअ) प्रमुखको भ्रमणले थुप्रै परिणाम ल्याइसकेको भन्दै पुरानै कुरामा अड्किएर बस्नुको अर्थ नरहेको बताएका छन्।

Muktinath Bank

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले रअ प्रमुख सामन्त गोयलको भ्रमण अपारदर्शी नभएको पनि बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तासीन नेकपा नेता भीम रावलले रअ प्रमुख गोयलको भ्रमण र प्रधानमन्त्री केपी ओलीसँगको भेटवार्ताबारे समितिमा प्रश्न उठाएका थिए। जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले गोयलले रअ प्रमुखका रूपमा नभई भारतका प्रधानमन्त्रीको दूतका रूपमा नेपाल भ्रमण गरेको पनि बताए। ‘नाकाबन्दीका बेला तत्कालीन सेना प्रमुख राजेन्द्र क्षेत्रीले भारतको भ्रमण गरेको होइन र ? परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिप्रश्न गर्दै भने, ‘दुई देशका सरकारबीच औपचारिक संवाद नभइरहेका बेला कूटनीतिमा व्यापारिक, धार्मिक मान्छे प्रयोग हुने गरेको छैन र ?’


Advertisment
Nabil box
Kumari

रअ प्रमुख गोयलको भ्रमणपछि भारतका तर्फबाट उच्चस्तरीय भ्रमण भइरहेकाले थुप्रै परिणाम आइसकेको उल्लेख गर्दै ज्ञवालीले पुरानै कुरामा अड्केर बस्नुको अर्थ नरहेको बताए। 
परराष्ट्रमन्त्री ज्ञवालीले छिमेकी चीनले नेपाली भूमि मिच्यो भन्नु अतिरञ्जित प्रचार मात्र भएको पनि बताए। विपक्षी कांग्रेसका प्रकाशमान सिंहले चीनसँगको सीमा विवाद संवेदनशील भएको भन्दै प्रश्न गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको बताए। ०७२ सालमा कृषि मन्त्रालयमा हुँदै नभएको नापी विभागको हवाला दिएर चीनले नेपाली भूमि मिच्यो भनेर अतिरञ्जित प्रचार गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले दाबी गरे। अन्नपूर्ण पोस्टमा खबर छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x