२७ जेठ २०८३, बुधबार

रोग प्रतिरोधी क्षमतालाई शुद्ध बनाउने स्वास्थ्यमैत्री फल हलुवा वेद

मंसिर २०, २०७७
रोग प्रतिरोधी क्षमतालाई शुद्ध बनाउने स्वास्थ्यमैत्री फल हलुवा वेद

हलुवा वेद नेपालमा एक परिचित फल हो । यो फल व्यावसायिक रूपमा बिक्री नहुँदा खासै प्रबद्र्धन भएको पाइन्न ।

तर पछिल्लो समय यो फलको महत्त्व बुझ्न थालेपछी सबैले खोजीखोजी खान थालेका छन् । अबका दिनमा यो फल होटल रेस्टुरेन्टमा पनि व्यावसायिक रूपमा राख्ने र यसका परिकार बनाउन थालेकाले अब यसको महत्त्व झन् बढ्न थालिएको छ ।

यो फलमा ३० भन्दा बढी पोषण तत्व पाइने हुँदा जोकोहीलाई अत्यन्त फाइदाजनक मानिन्छ ।

इबोनी उड परिवारको डिओस्पाइरोस वर्गमा पर्ने यो वनस्पतिको हलुवा वेद पाकेपछि हल्का टर्रो र ज्यादा गुलियो स्वादको हुन्छ । प्राचीन ग्रिक माडिओस्पाईरोस  भन्नाले ‘भगवान्हरूको फल’ भन्ने बुझिन्छ ।

यो वनस्पति पतझर वनस्पति अन्तर्गत पर्दछ । यसको फलको रंग हल्का सुन्तला पहेंलो, गाढा सुन्तला रातो तथा प्रजाति अनुसार फरक हुने गर्छ, जुन १.५ देखि ९ सेन्टीमिटर (०.५ देखि ४ इन्च) व्यास भएको गोलाकार वा फर्सी आकारको हुन्छ ।

हलुवा वेदको फल खानको लागि टिप्ने बेलासम्म पनि यसको पत्रदल फलसँग टासिएको हुन्छ तर फल पाकेपछि पत्रदल सजिलै निकाल्न सकिन्छ । 

हलुवा वेदको फलमा प्रशस्त मात्रामा ग्लूकोज पाइन्छ, ग्लूकोजका अलावा यसमा सन्तुलित मात्रामा प्रोटिन पनि पाइन्छ । यी फलहरू रासायनिक र औषधीय गुणका कारण पनि अत्यन्तै महत्त्वपूर्ण छन् ।

हलुवा वेद एक समशितोष्ण किसिमको फलफूल हो । तर फल फल्ने समयमा तापक्रम पुगेन भने टर्रोपना आउन सक्छ । त्यसैले गर्दा फल लाग्ने समयमा घाम लाग्ने मोहडा भएको जग्गा छनोट गर्नुपर्छ । सुन्तला जातको फलफूल खेती गर्न सकिने स्थानमा हलुवा वेदको खेती गर्न सकिन्छ ।

नेपाली दूतावास जापानको आफ्नो साइडले दिएको जानकारी अनुसार नेपाली विद्यार्थीहरू ३ वर्षको अध्ययन पूरा गरी जापानबाट सन १९०५ मा नेपाल फर्केका थिए । उनीहरू नेपाल फर्कंदा यो फल पनि सँगै ल्याएर नेपालमा रोपेका थिए । जुन त्यसअघि नेपालमा पाइँदैन्थ्यो ।

आज हलुवा वेद नेपालमा फलिरहेका छन्, जसलाई एक शताब्दी पहिले नेपाली विद्यार्थीले समुद्रपारबाट आफ्नो यात्रा संस्मरण स्वरूप ल्याएका थिए । आज यो फललाई २ देशबीचको जनस्तरीय मित्रताको शुरूआतका रूपमा लिन सकिन्छ । ती विद्यार्थीले यो फलको बिउसँगै निललहर, कटुस र गोदावरी फूलका बिउ पनि सँगै ल्याएर नेपालमा रोपेका थिए, जुन त्योभन्दा पहिला नेपालमा पाइँदैन्थ्यो ।

हलुवा वेद फलका स्वास्थ्य सम्बन्धी अचुक फाइदाहरू
 
– फाइटोकेमिकल्सको प्रमुख स्रोत हो हलुवा वेद फल । 

– तौल सन्तुलनका लागि अति नै उपयोगी फल । 

– हलुवा वेद फल एक प्राकृतिक एन्टी हेमोर्रोइड मानिन्छ । जसले कुनै चोट पटक या ब्लिडिङलाई निदान गर्न मद्दत गर्छ । 

– खाना पचाउन राम्रो सहायता पुर्‍याउने फल भनेर चिनिन्छ । 

– डाइबिटिजका लागि उत्तम फल ।

– उच्च रक्तचाप (हाइपर टेन्सन) का लागि पनि राम्रो मानिन्छ । 

– इम्युनिटी पावरलाई शुद्ध बनाउने स्वास्थ्यमैत्री फल हलुवा वेद । 

– क्यान्सरका लागि पनि उत्तम फल हो हलुवा वेद । 

– आँखाको भिजन सुधार गर्नका लागि पनि राम्रो फल हो । 

– शरीरको रेड ब्लड सेल उत्पादन गर्न सहयोगी फल । 

– बेलाबेलामा हिच्की आउने समस्या हुनेका लागि राम्रो फल । 

– कलेजोलाई सहयोग पुर्‍याउने फल पनि हो हलुवा वेद । 

– यो एक शक्तिबद्र्धक फल मानिने हुँदा एक किसिमको इनर्जी फल पनि मानिन्छ । 

– यो फल नियमित खाँदा संक्रमणको समस्या पनि निदान हुन्छ । 

– यो फलमा ३० भन्दा बढी पोषण तत्व पाइने हुँदा जो कोहीलाई अत्यन्त फाइदाजनक मानिन्छ ।

– अत्याधिक मोटोपना भएका व्यक्तिलाई पनि यो फल अमृतसरी मानिन्छ । 

– आहार नली स्वास्थ्य राख्न अचुक फाइदा पुर्‍याउने फल । 

– मुटु सम्बन्धी समस्या हुनेका लागि अत्यन्त लाभदायी फल । 

– मस्तिष्क सम्बन्धी समस्या हुनेका लागि स्वास्थ्यमैत्री फल ।

कसरी खाने हलुवा वेद ? के के परिकार बन्छन् ?

हलुवा वेद फल एक परिकार अनेक भनेर चिन्न सकिन्छ । स्वास्थ्य सम्बन्धी कयौं फाइदा हुँदाहुँदै पनि यो त्यतिकै पाकेको खाँदा पनि मिठो र स्वादिलो फल हो । यो फल पाकेपछि राम्ररी पखालेर ताछेर वा नताछी बोक्रैसँग पनि खान सकिन्छ । यसको स्मुथी, जुस, लस्सी, सलाद जे बनाएर खाँदा पनि हुन्छ । यो फलको जाम र केक पनि निकै प्रसिद्ध मानिन्छ । हलुवा वेद फल ब्रन्डी हालेर बनाएको केक विश्वमा निकै प्रसिद्ध मानिन्छ । 

हलुवा वेदको ताजा जुसलाई शक्तिबद्र्धक र रोगप्रतिरोधात्मक बुस्टर भनेर पनि चिनिन्छ । कुलीनरी युजेजका लागि यो फल काँचो, पाकेको वा सुकाएको सबैखाले प्रयोग गरेको हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्