×

NMB BANK
NIC ASIA

पशुपति र शङ्खमूल क्षेत्रमा वाग्मती सफाइ

मंसिर २०, २०७७

NTC
फाइल तस्वीर
Premier Steels

वाग्मती सफाइ महाअभियानको ३९५औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

Muktinath Bank

पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको हो  । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, गङ्गा पुरीलगायत अभियानकर्मीको सहभागिता थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    अधिकार सम्पन्न वाग्मतीले आगामी पुस २५ गते ४००औँ हप्ताको सफाइ अभियानलाई विशेष बनाउन खरेलकै संयोजकत्वमा समितिसमेत गठन गरेको छ । शङ्खमूल क्षेत्रको सफाइमा स्कुटरमा आई नदीमा फोहर फाल्नेलाई समाती टिपेर व्यवस्थापन गर्न लगाइएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

    त्यस क्षेत्रमा प्रत्येक दिन बिहान १० मिनेट कुचो लगाएर सफाइ गर्ने सहमतिसमेत भएको छ । कुचो लगाउने काममा विभिन्न विद्यालयका विद्यार्थीलेसमेत स्वयंसेवीका रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । 
 
    यसैगरी शङ्खमूलबाट बानेश्वर निस्कने मूल सडकमा पनि सफाइ गरिएको छ । त्यस क्षेत्रका घर पसलमा गई जनचेतनामूलक अभियानसमेत सो अवसरमा सञ्चालन गरिएको थियो । शङ्खमूलमा माइक्रो पार्कमा फोहर नगर्न र माइक्रोभित्र डष्टविन राख्न पनि जागरणमूलक अभियान चलाइएको थियो । बङ्गलामुखी जाने बाटोमा गत वर्ष राखिएको गमला फुटालेर त्यहाँ फेरि फोहर गरिएकाले सफाइ गरिएको छ । सफाइमा पोखरार्की आठ वर्षीय प्रेन्सा रेग्मीसमेत सहभागी भएको अभियानकर्मी पौडेलले बताए । 
 
    गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३५५औँ हप्तामा गोकर्णेश्वर नगरपालिकाको हनुमान बाटिकास्थित नदी किनारमा सफाइ गरिएको छ । सफाइमा कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिए । 
 
    सफाइमा अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाजसमेत सहभागी भएको थियो । विगत आठ वर्षदेखि मुहानदेखि नै वाग्मती सफाइ गर्ने नाराका साथ गुह्येश्वरीमाथिको नदीमा विभिन्न गतिविधि हुँदै आएको छ । सफाइमा अपाङ्ग मानव अधिकार केन्द्र, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदीसहित स्थानीयवासीकोसमेत सहभागिता  थियो ।
 
    विष्णुमती सफाइ अभियानकमो ३२४औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं १७ स्थित खुसीबुँ क्षेत्रमा सफाइ गरिएको छ । खुसीबुँ पुलबाट शोभा भगवतीसम्मको नदी किनारमा जनचेतनामूलक अभियानसहित सफाइ गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई जानकारी दिनुभयो । सफाइमा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजलगायत संस्था र स्थानीयवासी गरी ६० भन्दाबढीको सहभागिता  थियो ।

Vianet communication

    वाग्मतीको तिलगङ्गा खण्ड सफाइको २७६औँ हप्तामा तिलगङ्गा आँखा प्रतिष्ठानअघिको नदी किनारमा सफाइ गरिएको छ । कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी आशा पाण्डेले जानकारी दिए ।
 
    मनोहरा सफाइ अभियानको १९४औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित मनोहरा कृषि बजार जडीबुटी क्षेत्रमा सफाइ गरिएको छ । मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको आयोजनामा भएको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनालगायत अभियानकर्मीको सक्रियता थियो । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए । 
 
    ललितपुरको गोदावरी खोला सफाइ अभियानको ९२औँ हप्तामा नदीका विभिन्न क्षेत्रमा भौतिक दूरी कायम गरी सफाइ गरिएको छ । यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमती, चक्रपथका उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ ।  
 
    विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ आगामी पुस २५ गते ४०० हप्तामा प्रवेश गर्दैछ । ४०० औँ हप्तामा विविध कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ । महाअभियान शुरु भएपछि वाग्मतीका सहायक नदी, उपत्यकाका चक्रपथलगायत देशका १०६ भन्दाबढी स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएका छन् ।
 
    कोरोना महामारीका कारण गत चैतदेखि भने नदी किनार निवास भएका अभियानकर्मीमात्र भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइमा सहभागिता जनाउँदै आएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x