×

NMB BANK
NIC ASIA

कोरोना संकटका बीच बिस्तारै चलायमान हुँदै होटल, व्यवसायी भन्छन्– ‘केही आशा पलाएको छ’

मंसिर २३, २०७७

NTC
Premier Steels

कोरोना महामारीका कारण ठप्प रहेको होटल व्यवसाय पुनः चलायमान हुन थालेका छन् । आन्तरिक पर्यटन क्षेत्र सक्रिय भएसँगै होटल क्षेत्रले पनि गतिशीलता पाएको हो । 

Muktinath Bank

कोरोनाभाइरस (कोभिड– १९)को महामारी शुरू भएसँगै नेपालमा गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउनका बीचमा केही ठूला होटलहरूमा कोरोना संक्रमितहरूका लागि क्वारेन्टीन तथा आइसोलेसन सेन्टर बनाइएपनि अन्य साना तथा मझौला होटल व्यवसाय पूर्ण रूपमा ठप्प थियो । 


Advertisment
Nabil box
Kumari

करीब ८ महिनादेखि ठप्प रहेको होटल व्यवसाय बिस्तारै चलायमान हुन थालेको हो । 

Vianet communication

अहिले हेटौंडा, पोखरा, लुम्बिनीजस्ता पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकहरूको आउने क्रम बढेसँगै होटल क्षेत्र बिस्तारै पुनः सक्रिय हुन थालेको होटल व्यवसायीहरूले बताउन थालेका छन् । 

चाडबाड सकिएसँगै अहिले सौराहामा होटल क्षेत्रले विस्तारै गति लिन थालेको होटल व्यवसायीहरू बताउँछन् । 

होटल क्षेत्रमा अब अलिकति आशा लाग्न थालेको पार्क सफारी रिसोर्ट सौराहाका पर्यटन कर्मचारी फूलेन्द्र तामाङले बताए । कोरोना महामारीकै बीचमा पनि अहिले केही कारोबार हुन थालेको उनले बताए । उनका अनुसार, शुक्रवार र शनिवार विशेषगरी होटल क्षेत्रमा कारोबार बढी हुने गरेको छ । 

लोकान्तरसँग उनले भने, ‘विकेन्ड (शुक्रवार र शनिवार) होटलमा बढी भीड हुने गरेको छ, लकडाउनलाई हेरेर अहिले सास फेर्ने ठाउँ छ ।’

सौराहामा डिसेम्बरको सिजन भएको भन्दै अहिले बूकिङ पनि हुन थालेको बताए । 

उनले भने, ‘लकडाउनभन्दा अगाडिको अवस्थासँग तुलना गर्न त सकिँदैन, तर अहिले जुर्मुराउन थालेको छ ।’

‘कोरोनाको खोप आउन थालेको भन्ने समाचारका कारण पनि अहिले मानिसहरू कोरोनासँग डराएको जस्तो देखिँदैन,’ उनी भन्छन्, ‘त्यसै कारण पनि अब विस्तारै होटल क्षेत्र चल्न थालेको छ ।’

उनले अहिले लकडाउनअघिको कारोवारको तुलनामा १०/१२ प्रतिशत कारोबार हुने गरेको बताए ।

सौराहामा मात्र नभएर पोखरामा पनि होटल व्यवसाय बिस्तारै लय समात्दै छन् । पोखराका लेकसाइड लगायतका अन्य पर्यटकीय स्थानका होटलहरू बिस्तारै सञ्चालनमा आउन थालेको होटल व्यवसायीहरू बताउँछन् । 

लेकसाइइड होटल इन प्रालिका कर्मचारी सम्राट गुरुङ विस्तारै पोखरामा पनि होटल क्षेत्र चलायमान हुन थालेको बताउँछन् । 

लोकान्तरसँग उनले भने, ‘पहिलेको अवस्थासँग तुलना त नगरौं तर अब केही आशा देखिएको छ ।’ 

सौराहामा जस्तै पोखरामा पनि हप्ताको अन्तिम दिन वा शुक्रवार र शनिवार बढी मात्रामा कारोबार हुने गरेको छ । उनले भने, ‘वीकेन्डमा कारोबार बढी हुन्छ, अरू बेला त त्यति धेरै हुँदैन ।’

उनले अहिले होटलमा बास बस्न पनि ग्राहक आउन थालेको सुनाउँदै भने, ‘होटलमा बास बस्न पनि केही गेस्टहरू आउन थाल्नुभएको छ ।’

पछिल्ला दिनहरूमा कोरोना महामारीकै बीचमा पनि सुरक्षाका उपाय बताउँदै होटल चलाउनुपर्छ भन्ने मानसिकतामा व्यवसायी पुगेको होटल व्यवसायी महासंघका बाग्मती प्रदेश महासचिव दामोदर नेपाल बताउँछन् ।

आन्तरिक पर्यटनको चहलपहल न्युन मात्रामा भएपनि शुरू भएको देखिएको उनले बताए । 

उनले रसुवामा रहेका होटल व्यवसायीहरूले पनि अब केही सहज भएको, आन्तरिक पर्यटन बढेको सुनाउने गरेको बताए । 

उनले भने, ‘रसुवामा मात्र नभई पोखरा, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रहरूमा अहिले आन्तरिक पर्यटकहरू जान थालेको र होटल व्यवसायमा केही चहलपहल देखिन्छ ।’

उनले होटलहरूमा केही मात्रामा ग्राहकहरू आउने गरेपनि कारोवार न्यून हुने गरेको जानकारी दिए । 

‘२० प्रतिशत मात्रै कारोवार !’ 

कोरोना महामारीकै बीचमा अहिले होटलहरू सञ्चालनमा आउन थालेको होटल व्यवसायी महासंघका उप महासचिव शेरबहादुर थापाले बताए । 

लोकान्तरसँग उनले भने, ‘अहिले काठमाडौं र काठमाडौंबाहिर दुवैतर्फ व्यावसाय उस्तै देखिएको पायौं ।’

उनले अहिले होटलहरू केही मात्रामा सञ्चालनमा आएपनि कारोवार विगतको तुलनामा २० प्रतिशत मात्रै हुने गरेको बताए । 

उनले भने, ‘होटलमा आउने मानिसहरू पनि कतिपय त आफ्नै खाना/खाजा बोकेर आउने र खाने गरेका छन्, यसो हुँदा कारोवार चाहिँ बढ्न सकेको छैन ।’

उनले मनमा कोरोना संक्रमणको त्रास रहिरहेको भन्दै मानिसहरू अहिले पनि होटलमा आउन मन नगर्ने पाइएको बताए ।

सरकारले लकडाउन र निषेधाज्ञा हटाएपछि बिस्तारै होटल क्षेत्र अगाडि बढ्ने प्रयासमा रहेको होटल एसोसिएसन नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । लोकान्तरसँग उनले भने, ‘कारोवारको स्वरूप विस्तारै अगाडि आउने प्रयास भइरहेको छ ।’

उनले अहिले केही मात्रामा कारोबार भएको भन्दै यसैलाई कारोवार बढेको भन्न नमिल्ने बताए । 

उनले होटल व्यवसाय बचाउनका लागि सरोकारवालाले पनि साथ दिनुपर्ने बताए । 

‘पर्यटन आजको आजै सक्रिय भन्ने हुँदैन, सरकारले अन्तर्राष्ट्रिय उडान पनि खुलाएपछि भने केही समयमा विस्तारै चलायमान हुन सकिन्छ,’ उनले भने । 

उनले पर्यटनलाई पनि प्राथमिकतामा राखेर अगाडि बढ्ने र यहाँ आउनेलाई सुरक्षाको अनुभूति दिलाउन सक्ने अवस्था बनाउनतर्फ जोड दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x