
गुजरातको जुनागढमा एक बाघ पछ्याउँदै गरेको दुई बाइक राइडर्सको भिडियो भाइरल बनेको छ । भिडियो भाइरल हुनेबित्तिकै वनका कर्मचारीले उनीहरुलाई पक्राउ गरेका छन् ।
यो गिरफ्तारी बुधबार सामाजिक सञ्जालमा बाघलाई बाइकबाट पछ्याउँदै गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि भएको हो ।
भिडियोमा दुई अज्ञात व्यक्तिले मोटरसाइकलमा बसेर बाघको पिछा गर्दै गरेको देखिन्छ । भिडियोमा बाइकलाई देखेर बाघ डराउँदै तिव्र गतिमा मागिरहेको देखिन्छ ।
मुख्य वन संरक्षण अधिकारी डीटी वासवदाले भने, ‘भिडियोको जाँच गरेपछि गुजरातको गिर पूर्व वन प्रभावको तलसीश्याम रेञ्जमा गढिया गाउँ नजिकैको भएको पत्ता लाग्यो । दुई स्थानीय व्यक्तिद्वारा मोटरसाइकलमा बसेर बाघलाई सताएको भिडियो शुट गरिएको छ । पछ्याउनेमध्ये एककको नाम यूनिस पठान र अर्को बालक रहेका छन् ।’

दुवै आरोपीले आफ्नो मोटरसाइकलबाट दुई एसियाई बाघको पिछा गरिरहेका थिए । यसबीच बाइकबाट अलगअलग आवाज निकालिरहेका थिए ।
जसकारण बाघ डराएर यताउता भाग्न थाले । यसैबेला बाघको पिछा गर्दै गरेको भिडियो शुट गरियो र सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो । बाघ लखेट्ने पठानलाई नाबालिगलाई पक्राउ गरिएको थियो ।
शुक्रबार अदालतमा पेश गरी न्यायिक हिरासतमा राख्न आदेश दिइएको छ । नाबालिगलाई कुनै कारबाही गरिने छैन भने, पठानलाई कानुनअनुसार तीनदेखि पाँच वर्षसम्मको सजाय हुने बताइएको छ ।