०१ साउन २०८३, शुक्रबार

भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामान बरामद

भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामान बरामद


कैलालीमा सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको रु पाँच लाख बराबरको इलेक्ट्रोनिक सामान र मोटरसाइकल आज बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण कैलाली र मातहत बिओपि खक्रौलाबाट खटिएको प्रहरी टोलीले टिकापुर नगरपालिका–८ सत्तिचोक इलाकाबाट भन्सार छली ल्याएको मूल्य रु चार लाख ९९ हजार ४६० बराबरको इलेक्ट्रोनिक सामान र मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण कैलालीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्