×

NMB BANK
NIC ASIA

पुरुषमा पनि हुन्छ स्तन क्यान्सर, यस्ता देखिन्छन् लक्षण !

पुस २०, २०७७

NTC
Premier Steels

स्तन क्यान्सर महिलाको मात्रै समस्या मानिन्छ । तर, निकै कमलाई मात्र थाहा छ कि पुरुषलाई पनि स्तन क्यान्सर हुनसक्छ । 

Muktinath Bank

यद्यपि महिलाको तुलनामा पुरुषमा यो समस्या निकै कम पाइन्छ । पछिल्लो समय पुरुषको स्तनमा पनि क्यान्सरको समस्या बढेको पाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुरुषमा हुने स्तन क्यान्सरलाई लिएर खासै चर्चा भएको पनि पाइँदैन । समयमै ध्यान नदिनाले कैयौं पुरुषलाई अन्तिम अवस्थामा मात्रै जानकारी हुन्छ । 


Advertisment
Nabil box
Kumari

पुरुषमा स्तन क्यान्सर हुने कारण 

Vianet communication

केही विषेश कारणले पुरुषमा स्तन क्यान्सर हुन्छ । कुनै पुरुषले आफ्नो छाती नजिक रेडियशन थेरापी गरेको खण्डमा स्तन क्यान्सरको सम्भावना बढ्छ ।

यसबाहेक यदि कुनै परिवारमा स्तन क्यान्सरको समस्या पहिलेदेखि नै छ भने पनि त्यस परिवारका पुरुषलाई स्तन क्यान्सर हुने जोखिम बढी हुन्छ ।

खराब जीवन जिउनु तथा जेनेटिक डिसअर्डरका कारण पनि पुरुषलाई स्तन क्यान्सर हुनसक्छ । 

पुरुषमा स्तन क्यान्सरको लक्षण

पुरुषमा स्तन क्यान्सर अधिकांश ६० वर्षभन्दा माथि उमेरकोमा पाइएको छ । लक्षण थाहा नभएका कारण पुरुषमा गम्भीर स्थिति उत्पन्न भएकोसमेत पाइन्छ ।

कस्ता लक्षण हुन्छन् त पुरुषमा हुने स्तन क्यान्सरका । आउनुहोस् आज हामी यसबारे जानकारी दिदैछौँ । 

छातीमा गाँठो आउने 

यदि तपाइँको छातीमा गाँठो बनिरहेको छ भने यसलाई वेवास्ता गर्ने काम नगर्नुहोस् । स्तन क्यान्सरको लक्षण पनि हुनसक्छ ।

यो गाँठो स्तनको निप्पल आसपासमा आउँछ । सामान्यतष यस्ता गाँठोमा दुखाईको महशुस हुँदैन । 

तर, छुँदा भने झन् साह्रो हुँदै जान्छ । जब क्यान्सर बढ्दै जान्छ । त्यसको असर गर्धनसम्म फैलिन्छ । यद्दपि अधिकांश गाँठोमा क्यान्सरको लक्षण हुँदैन ।

तर, पनि गाँठो आएपछि चिकित्सकसँग अवश्य सम्पर्क गर्नुहोस् । 

पिम्पल जस्तै घाउ 

स्तन क्यान्सरको ट्यूमर छालाबाट नै निस्किन्छ । यस्तोमा क्यान्सर बढ्नुका साथै निप्पल्समा खुला घाउ देखिनसक्छ ।

यस्तो घाउ एक पिम्पलजस्तै देखिन्छ । यसका साथै छातीको रंग बदल्नुका साथै निप्पल आसपासमा गाँठाहरु आउन थाल्छन् । 

निप्पल भित्र धस्सिँदै जानु 

ट्यूमर बढ्नुका साथै स्तन भित्रतर्फ धस्सिँदै जान्छ । यस्तोमा निप्पल्स स्तनको भित्रतर्फ जान शुरु हुन्छ । निप्पल भएको आसपासको छाला पनि रुखो हुँदै जान्छ । 

निप्पल डिस्चार्ज 

यदि तपाइँ आफ्नो शर्टमा प्रायः कुनै प्रकारको दाख देखिन्छ भने यसलाई वेवास्ता नगर्नुहोस् । यसले निप्पल डिस्चार्जमा रगत जमाउन थाल्छ । निप्पल आसपासको क्षेत्रको छाला सुनिने गर्दछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x