
मानिसहरु कहिलेकाँही अपत्यारियो प्रयोग गर्दछन् । जसलाई देखेर पत्याउनै मुस्किल हुन्छ कि मानिसहरु नै यस्तो काम कसरी गर्न सक्छन् ?
पछिल्लो केही दिनयता एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
यो भिडियो भारतस्थित हिन्दु धार्मिक स्थल केदारनाथ क्षेत्रको हो । जहाँ बाक्लो कपडा लाएर पनि मानिसहरुलाई जान मुस्किल हुन्छ ।
तर, यहाँ दुई जना साधु ध्यान गरिरहेका छन् । त्यो पनि बिना कपडा ।
हाल केदानाथको यस क्षेत्रको तापक्रम माइन १० डिग्री सेल्सीयसमा छ । यहाँ बिना कपडा ध्यान मात्रै होइन, त्यो पनि बिहानको करिब तीन बजे ।
जतिबेला चिसो मात्रै होइन, शरीर नै जमाउने तुफान चल्ने गर्दछ ।
एक मिनेट १२ सेकेन्ड लामो भिडियोमा दुई जना हिँउमाथि शान्तसँग तपस्या गरिरहेका छन् ।
This is at Kedarnath. Sadhus in yogic meditation at 3am in the morning at -10C temperature. Complete control over their mind.
— 'Big Daddy' Vin (@vinsinners) December 28, 2020
This is so beautiful! Share at will. #OmNamahShivaya pic.twitter.com/GAKZZ5bRTj