
कैयौं पटक यस्ता जीव वा वनस्पति देखिन्छन्, जसलाई देखेर विश्वभरका मानिसहरु अचम्ममा पर्दछन् ।
यीबारे वैज्ञानिकलाई पनि कुनै जानकारी हुँदैन । यस्ता जीव र वनस्पति हामी मानिसका लागि कुनै आश्चर्यभन्दा कम हुँदैनन् ।
यस्तै एक समुद्री जीव अमेरिकाको अलास्काको समुद्री किनारमा फेला परेको छ । जसको तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ ।
प्रिन्स अफ ह्वेल्स आइसल्याण्डको समुद्री तटमा भेटिएको रुखको जराजस्तो देखिने यो समुद्री जीवको बनावट पिपलको जरा जस्तै देखिन्छ ।
यसलाई अल्फोर्ड नामकी एक महिलाले सबैभन्दा पहिले देखेकी थिइन् । र उनले एक भिडियो बनाउँदै सामाजिक सञ्जालमासमेत पोस्ट गरिन् ।
त्यसपछि यो भिडियो पनि निकै भाइरल भएको छ । मानिसहरुले यस जीवप्रति कैयौं प्रकारले प्रतिक्रिया दिएका छन् । यो समुद्री जीवनको कलर पहेँलो छ ।
पिपलको जराजस्तै देखिनुबाहेक यसको कैयौं स साना अंगहरु पनि छन् । माथिल्लो तर्फ यो गोलो छ । केही रातो रंगका निशान पनि देखिएका छन् ।
सामाजिक सञ्जालमा कैयौंले यसलाई अक्टोपस या परग्रही जीव हुनसक्ने बताएका छन् । खासमा यो समुद्री जीवनको नाम बास्के स्टार हो ।