×

NMB BANK
NIC ASIA

निगरानी : सरकारी सम्पत्तिमाथि

प्रदेशमा ३ वटा गाडी चढ्ने सभामुखलाई काठमाडौंमा समेत जगेडा गाडी, करारका खरदारसम्मलाई सवारी !

पुस २०, २०७७

NTC
Premier Steels

प्रदेश नम्बर २ प्रदेश सभाका सभामुख सरोजकुमार यादवले चारवटा सरकारी सवारी साधन प्रयोग गरिरहेका छन् । प्रदेश सभा सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणअनुसार सभामुख यादवले प्रदेश सभा सचिवालयको चारवटा गाडी प्रयोग गर्ने गरेका हुन् ।

Muktinath Bank

यादवले प्रदेश २–००१झ००१३, प्रदेश २–००१झ००१४, प्रदेश २–००१झ००३२ र प्रदेश २–००१झ००३४ नम्बरको सरकारी गाडी प्रयोग गर्ने गरेका छन् । चारवटा गाडी चढ्ने गरेको भए पनि आफूले आफ्नो नाममा एउटा पनि गाडी सचिवालयबाट नबुझेको सभामुख यादव बताउँछन् । चारवटा गाडीमध्ये दुईवटा गाडी त झण्डावाल रहेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रदेश सभा सचिवालयमा दुईवटा गाडी राखेको छु, एउटा बिग्रियो भने विकल्पमा अर्को चढ्ने भनेर दुईवटा गाडी राखिएको छ,’ सभामुख यादवले भने, ‘त्यसैगरी काठमाडौं समेत जानु पर्दा त्यहाँ पनि झण्डावाला गाडी चढ्नुपर्ने हुनाले अर्को झण्डावाल गाडीलाई काठमाडौंमा राखेको छु ।’


Advertisment
Nabil box
Kumari

१५/१५ दिनमा काठमाडौं जानुपर्ने त्यहाँ छुट्टै गाडी राखिएको उनले बताए ।

Vianet communication

अर्को एउटा गाडी पछुवाको रूपमा प्रयोग भइरहेको उनले बताए । ‘मेरो सवारी हुँदा अगुवाका रूपमा प्रहरीले स्कर्टिङ गर्ने गरेको छ,’ उनले लोकान्तरसँग भने, ‘त्यसैगरी प्रोटोकलअनुसार एउटा गाडी पछुवाको रूपमा प्रयोग हुन्छ, त्यो पछुवाका लागि प्रदेश सभा सचिवालयले गाडी उपलब्ध गराएको छ ।’

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवका अनुसार प्रदेशमा कुल चारजनालाई पछुवा उपलब्ध गराउने गरिएको छ ।

प्रदेश प्रमुख तिलक परियारलाई नेपाली सेना सहितको पछुवा, मुख्यमन्त्री लालबाबु राउतलाई नेपाली सेनाको पछुवा, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई सशस्त्र प्रहरीको पछुवा र सभामुख सरोजकुमार यादवलाई नेपाल प्रहरीको पछुवा उपलब्ध गराइएको छ ।

चारजना बाहेक प्रदेशका कुनै पनि पदाधिकारीलाई पछुवा उपलब्ध गराइएको छैन भने कुनै पनि पदाधिकारीलाई अगुवा उपलब्ध नगराइएको मन्त्री यादवले बताए । अगुवा नभए पनि ती पदाधिकारीहरूको भ्रमण हुँदा नेपाल प्रहरीले स्कर्टिङ भने गर्ने गरेको छ ।  

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले जारी गरेको प्रदेश खर्च तथा मापदण्ड निर्देशिका, २०७७ मा भने सभामुखले बढीमा १ करोड २० लाख रुपैयाँ सम्मको एउटा मात्र सवारीसाधन प्रयोग गर्न पाउने उल्लेख छ । तर, सभामुख यादवले उक्त निर्देशिकाविपरीत महंगा–महंगा चारवटा सवारीसाधन प्रयोग गर्ने गरेका छन् । 

सभामुख यादव मात्र होइन उपसभामुख उपमाकुमारी देवले पनि निर्देशिकाबमोजिम बढीमा १ करोड २० लाख रुपैयाँसम्मको एउटा मात्र सवारी साधन प्रयोग गर्नुपर्ने हुन्छ । तर, उनले पनि दुईवटा महंगा गाडी प्रयोग गर्दै आएकी छन् ।

प्रदेश सभा सचिवालयका अनुसार उपसभामुख देवले प्रदेश २–००१झ०१०१ र ज १ झ ४६० नम्बरको दुईवटा गाडी प्रयोग गर्ने गरेकी छन् ।

‘मैले एउटा गाडी चढ्दा अर्को गाडी सचिवालयमा नै राखिएको हुन्छ,’ उनले भनिन्, ‘सचिवालयले प्रयोग गर्नका लागि किनेको प्रदेश सभा सचिवालयमा राखिएको गाडी सचिवलायको प्रमुख पदाधिकारी भएको नाताले चढ्ने गरेकी छु ।’

दल एकता भए पनि छुट्टाछुट्टै गाडी 

प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीका पदाधिकारीहरूले भने साविकको दलको नेता तथा पदाधिकारीहरूको हैसियतमा नै सवारी साधन प्रयोग गर्ने गरेका छन् ।

साविकमा समाजवादी पार्टी (सपा) नेपाल र  राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको संयुक्त गठबन्धनमा प्रदेशमा सरकार बनेको थियो । प्रदेश सभा सचिवालयले दलको नेता तथा प्रमुख सचेतकलाई सवारी साधन उपलब्ध गराउने गरेको छ । जसअन्तर्गत सपाका संसदीय दलका नेता लालबाबु राउत त मुख्यमन्त्री हुन्, उनका अलावा राजपाका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश सरकारबाट नै सवारी साधन लिएर प्रयोग गरिरहेका छन् ।

संसदीय दल एक हुँदा नेताको हैसियतमा उनले पाउने सवारी साधन फिर्ता गर्नुपर्ने हो । तर, फरक दलको संसदीय दलको नेताको हैसियतमा उनले गाडी चढि नै रहेका छन् ।

दलका नेता मात्र होइन तत्कालीन सपाका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र राजपाका प्रमुख सचेतक परमेश्वर कापडीले पनि छुट्टाछुट्टै गाडी चढेका छन् ।

सपाका प्रमुख सचेतक यादवले प्रदेश २–००१झ००१६ र राजपाका प्रमुख सचेतक सुडीले प्रदेश २–००१झ००९४ नम्बरको महिन्द्रा स्कोर्पियो चढ्ने गरेका छन् । 

२०७७ साउन २४ गते सपा र राजपा मिलेर जसपा बनेको थियो । दुवै दलको एकीकरणपश्चात जनता समाजवादी पार्टी गठन भएको महिनौं बितिसक्दा पनि जसपाले संसदीय दलको नेता तथा पदाधिकारीहरू चयन गरेर प्रदेश सभा सचिवालयमा बुझाएको छैन ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार निर्वाचन आयोगले दल एकीकरणसम्बन्धी पत्र सचिवालयमा २०७७ कार्तिक २६ गते नै पठाएको थियो । 

‘सोही पत्रलाई दर्ता गर्दै सम्बन्धित दललाई पत्र पठाएर संसदीय दलको पदाधिकारी चयन गरेर पठाउन पत्राचार गरेका थियौं, तर हालसम्म उहाँहरूले चयन गरेर सचिवालयमा नाम पठाउनु भएको छैन,’ सचिव यादवले लोकान्तरसँग भने, ‘उहाँहरूले चयन गरेर नपठाएका कारण दलका पदाधिकारीहरूको तलब भने रोक्का गरेका छौं ।’

दल एकीकरण भइसकेपछि एउटा दलको पदाधिकारीले मात्र सुविधा लिने हो, साविकका दुईवटा दलको पदाधिकारी जस्तै सुविधा लिन नमिल्ने भएका कारण तलब रोक्का गरिएको उनले बताए ।

उनीहरुको तलब रोक्का भएपनि साविकको राजपा र सपाका पदाधिकारीको हैसियतमा बुझेको सरकारी गाडी भने फिर्ता गरिएको छैन । 

पदाधिकारी नै नभएपनि गाडी !

प्रमुख प्रतिपक्षी दल नेकपाका सांसद लगनलाल चौधरीले पनि सरकारी गाडी प्रयोग गरिरहेका छन् ।

उनी न संसदीय दलका नेता हुन्, न पदाधिकारी, संसदीय समितिका सभापति पनि होइनन्, तर पनि उनले बा २ झ २४०५ नम्बरको सरकारी गाडी प्रदेश सभा सचिवालयबाट बुझेर चढिरहेका छन् । ‘सार्वजनिक लेखा समितिको सभापति हालसम्म चयन हुन नसकेपछि उहाँले नै जेष्ठ सांसदको हैसियतमा लेखा समितिको बैठक बस्दा अध्यक्षता गर्नुहुन्छ, त्यसै आधारमा उहाँले सचिवालयबाट गाडी बुझ्नुभएको छ,’ सचिव यादवले भने । 

नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २–००१झ००८९ नम्बरको नयाँ गाडी २०७७ साउन २० गते देखि चढिरहेका छन् । नेकपाको प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले २०७७ साउन १३ गते देखि प्रदेश २–००१झ००८८ नम्बरको गाडी सचिवालयबाट बुझेर प्रयोग गर्दै आएका छन् । 

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले २०७७ साउन १ गते देखि प्रदेश २–००१झ००९३ नम्बरको गाडी प्रयोग गर्दै आएका छन् । 

कांग्रेसका प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहाले २०७७ असार १४ गते देखि प्रदेश २–००१झ००९१ नम्बरको सरकारी गाडी प्रयोग गरिरहेका छन् ।

त्यसैगरी एकजना मात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी सांसद सावित्रीदेवी साहले संसदीय दलकी नेताको हैसियतमा २०७७ असार १४ गतेदेखि सरकारी गाडी प्रयोग गरिरहेकी  छन् । 

संसदीय समितिका सभापतिलाई गाडी 

विकास समितिका सभापति शेषअबुल कलाम आजाद, महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति जयनुल राइन, प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति रामचन्द्र मण्डल, कृषि समितिका सभापति वीरेन्द्रप्रसाद सिंह, प्रदेश मामिला समितिका सभापति अशोककुमार यादव, अर्थ तथा योजना समितिका सभापति मनिषकुमार सुमनले पनि प्रदेश सभाबाट स्कोर्पियो लिएर चढिरहेका छन् ।

करारका खरदारलाई पनि सवारी

प्रदेश सभा सचिवालयका सचिव यादवले प्रदेश २–००१झ०१०१ नम्बरको स्कोर्पियो चढ्ने गरेका छन् भने उपसचिव अरुणकुमार झाले प्रदेश २–००१झ००३८ नम्बरको गाडी चढिरहेका छन् ।

सचिवालयका एकजना चालक राघो यादवले पनि बा १ झ ९५६६ नम्बरको टाटाको पिकअप गाडी आफ्नो नाममा बुझेका छन् । 

सभामुख सरोज कुमार यादवको साविकमा स्वकीय सचिवको रुपमा काम गर्ने मुकेश चौधरीले एउटा मोटरसाइकल र एउटा स्कूटर आफ्नो नाममा बुझेका थिए । तर, उनले मोटरसाइकल फिर्ता गरे पनि स्कूटर भने हालसम्म फिर्ता गरेका छैनन् ।

सभामुख यादवका सचिवालयका कर्मचारी लालबाबु यादवले एउटा मोटरसाइकल बुझेका छन् भने उपसभामुखका स्वकीय सचिव तारकेश्वर यादवले एउटा पल्सर र अर्को प्लाटिना गरी दुईवटा मोटरसाइकल बुझेका छन् । 

यति मात्र होइन सचिवालयमा करारमा भर्ना भएका खरदारदेखि कम्प्युटर अपरेटर र स्वास्थ्यकर्मीसम्मले मोटरसाइकल बुझेका छन् । ५ वटा स्कूटर र २४ वटा मोटरसाइकल कर्मचारीहरूले बुझेका छन् भने १६ वटा साइकल भने कार्यालय सहयोगी र स्वीपरले बुझेर चढ्ने गरेका छन् । केही थान चारपांग्रे गाडी सचिवालयले कार्यालय प्रयोजनका लागि भनेर किनेर समेत जगेडामा राखेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x