×

NMB BANK
Dabur

कहीँ नभएको जात्रा नाथममा

नाथममा विद्यार्थीको सक्कली प्रमाणपत्रमा हस्ताक्षर गर्ने प्रिन्सिपलकै प्रमाणपत्र नक्कली !

त्रिविबाट 'इक्विभ्यालेन्ट' गराउन आनाकानी, फसिने डरले चाहिएको बेला देखाउँछु भनेर आफैंसँग राखे

काठमाडाैं | मंसिर २०, २०८०

NTC
Premier Steels

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहत रहेको उक्त कलेजका प्रिन्सिपलकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोप लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्नातक तथा स्नातकोत्तर तहको अध्यापन हुने उक्त कलेजमा प्रिन्सिपल हुनका लागि स्नातकोत्तर तह उत्तीर्ण भएकै हुनुपर्ने प्रावधान छ । प्रिन्सिपलमा जागिर खानकै लागि उनले भारतबाट ल्याएको स्नातकोत्तर तहको प्रमाणपत्र नक्कली रहेको आरोप लागेको छ ।


Advertisment
SBL

कलेज स्रोतबाट लोकान्तरलाई प्राप्त स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्र भारतको तमिलनाडु प्रान्तमा रहेको मदुराई कामराज विश्वविद्यालयले जारी गरेको देखिन्छ । प्रमाणपत्रमा उनको नामको अंग्रेजी स्पेलिङ नै गलत छ । सर्टिफिकेटमा नाम राम कैलाशबिल्हा लेखिएको छ ।

Vianet communication
Laxmi Bank

सन् २०१२ मा उनले एमएससी टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्ट (नन सेमेस्टर)अन्तर्गत सन् २०१२ मा फर्स्ट क्लासमा स्नातकोत्तर उत्तीर्ण गरेको भनिएको छ । कुल १००० अंकमा ६५४ अंक ल्याएर फर्स्ट क्लास उत्तीर्ण भएको प्रमाण पत्रमा उल्लेख छ । उनको रजिस्ट्रेसन नम्बर १० एन ####००१ उल्लेख गरिएको छ । ९ अक्टोबर २०१२ मा जारी प्रमाणपत्रमा परीक्षा नियन्त्रक डा. एम राजियाकोडीको हस्ताक्षर छ ।

null

नाथमको स्नातकोत्तर तहमा अध्यापन गराउने एक शिक्षकले प्रिन्सिपल बिछाको स्नातकोत्तर तहको प्रमाणपत्र नक्कली हुनुको दुईवटा आधार प्रस्तुत गरे । पहिलो, विदेशबाट स्नातकोत्तर तह उत्तीर्ण गरे पनि नेपालको त्रिभुवन विश्वविद्यालयबाट उनले समकक्षता (इक्विभ्यालेन्ट) गराएका छैनन् ।

नक्कली सर्टिफिकेट भएकै कारण ११ वर्षसम्म पनि समकक्षता नलिएको ती शिक्षकको आरोप छ । दोस्रो, उनले आफ्नो स्नातकोत्तर तहको प्रमाणपत्र नाथमको प्रशासनलाई पनि रेकर्डका लागि उपलब्ध गराएका छैनन् ।

null

'आवश्यक पर्दा मसँग स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्र छ भनेर क्याम्पस प्रशासनलाई देखाउने र रेकर्डमा सधैंका लागि राख्न नदिने गर्नुभएको छ,' ती शिक्षकले लोकान्तरसँग भने, 'कहीँ कतै यो सर्टिफिकेटको रेकर्ड नरहोस् र नियामक निकायले जाँच तथा छानबिन नगरोस् भन्ने उद्देश्यले उहाँले त्यो सर्टिफिकेट क्याम्पस प्रशासनमा दाखिला गराउनुभएको छैन ।'

null

उनको स्नातकोत्तर तहको प्रमाणपत्र नक्कली रहेको भनी छानबिन गर्नका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको उनले खुलाए ।

'सीआईबी र अख्तियारमा पनि उजुरी परेको छ । उजुरीकर्ताले फलोअप गर्दा सर्टिफिकेटका विषयमा भारतमा पत्राचार गरिएको भनेर सीआईबीबाट जानकारी दिने गरिएको छ,' ती शिक्षकले लोकान्तरसँग भने ।

यस विषयमा बिछासँग प्रतिक्रिया लिँदा उनले आफ्नो स्नातकोत्तर तहको सर्टिफिकेट सक्कली रहेको दाबी गरे । तर, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रमाणित नगराएको भने उनले स्वीकारे ।

'मलाई स्नातकोत्तर तहको प्रमाणपत्र इक्विभ्यालेन्ट गराउन जरुरी नै छैन । मलाई नेपालमा थप अध्ययन गर्नुपरेको भए इक्विभ्यालेन्ट गराउँथें,' बिछाले लोकान्तरसँग भने, 'र, मैले आफ्नो स्नातकोत्तर तहको सर्टिफिकेट क्याम्पस प्रशासनमा जम्मा गर्न जरुरी पनि छैन, किनभने मैले आफ्नो स्नातक तहको सर्टिफिकेटबाट नै प्रिन्सिपलको जागिर खाएको हो ।'

२०५० सालमा पर्यटन मन्त्रालयअन्तर्गतको विकास समिति हुँदा नै आफूले प्रशिक्षक पदमा अधिकृतसरह जागिर खाएको हुनाले अहिले स्नातकोत्तर तहको प्रमाणपत्रको कुनै आवश्यकता नै नरहेको र त्यस विषयमा कसैलाई सरोकार नहुनुपर्ने उनको कथन छ ।

'शाखा अधिकृत हुँदा स्नातक तहकै प्रमाणपत्रको आधारमा निजामतीतर्फका कर्मचारीहरू उपसचिव, सहसचिवसम्म बढुवा हुन्छन्,' बिछाले थपे, 'त्यसैगरी तालिम केन्द्र हुँदा प्रशिक्षक भएजस्तै अहिले कलेजको हेड अफ डिपार्टमेन्टमा बढुवा भएको हो । सिनियर भएको नाताले मलाई प्रिन्सिपलको समेत जिम्मेवारी दिइएको हो ।'

आफू कलेजमा शिक्षक नभएर होटल एन्ड करिकुलम विभागको हेड अफ द डिपार्टमेन्ट रहेको हुनाले प्रिन्सिपलको जिम्मेवारी दिइएको उनको दाबी छ । 'मैले स्नातक वा स्नातकोत्तर तहमा पढाएको भए मलाई स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्रको आवश्यकता पर्थ्यो । तर, म यहाँ हाकिम भएको हुनाले मलाई क्याम्पसमा त्यो सर्टिफिकेट पेस गर्न आवश्यकता नै छैन, कुनै जरुरी नै परेको छैन,' बिछाले लोकान्तरसँग भने ।

भारतबाट नै होटल म्यानेजमेन्टमा स्नातक गरेको र पछि स्नातकोत्तर गरेको उनले बताए । '१२५ वर्ष पुरानो मदुराई विश्वविद्यालयबाट उत्तीर्ण गरेको स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्र फेक हो वा होइन भन्ने प्रश्न गर्ने अधिकार पत्रकारको होइन,' उनले थपे, 'त्यसको छानबिन वा अनुसन्धान गर्ने निकायले छानबिन गर्ला नि ! मलाई पत्रकारले सोधेर टर्चर दिनुभएन ।'

उक्त विश्वविद्यालयमा रेगुलर कोर्स तथा डिस्ट्यान्स लर्निङ कोर्स समेत रहेका हुनाले आफूले सिरियरली डिस्ट्यान्स लर्निङ कोर्स गरी स्नातकोत्तर तह उत्तीर्ण गरेको उनले बताए ।

उक्त कलेजमा स्नातक तह र स्नातकोत्तर तहको कोर्स पढाइन्छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको ब्याच्लर अफ होटल म्यानेजमेन्ट, ब्याच्लर अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट गरी स्नातक तहका दुई कोर्स र मास्टर्स अफ होटल म्यानेजमेन्ट गरी स्नातकोत्तर तहको एक कोर्स अध्यापन गराइन्छ । बीचएममा २६४ जना, बीटीटीएममा १७६ जना, एमएचएममा ४० जना विद्यार्थीहरू एक शैक्षिक सत्रमा भर्ना हुन्छन् । बीएचएममा ५ लाख ७५ हजार रुपैयाँ, बीटीटीएममा ३ लाख रुपैयाँ र एमएचमा ३ लाख रुपैयाँ प्रतिविद्यार्थी शुल्क लिने गरिन्छ ।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका डीन डिल्लीराज शर्मा भने नाथममा त्रिभुवन विश्वविद्यालयकै व्यस्थापनतर्फ स्नातक तथा स्नातकोत्तर तहको पढाइ हुने हुनाले प्रिन्सिपल, हेड अफ डिपार्टमेन्ट (एचओडी) वा एकेडेमिक पदमा रहन स्नातकोत्तर अनिवार्य हुनुपर्ने बताउँछन् ।

'नाथमको विषयमा पर्यटन मन्त्रालयको आफ्नै बोर्डले हेर्नेगर्छ । त्यहाँको प्रिन्सिपलको सर्टिफिकेट फेक हो वा होइन भन्ने कुरा मलाई थाहा छैन,' डीन शर्माले लोकान्तरसँग भने, 'तर, नाथममा हाम्रै युनिभर्सिटीको स्नातक र स्नातकोत्तर तहको पढाइ हुने हुनाले प्रिन्सिपल, एचओडी वा शिक्षक हुनका लागि स्नातकोत्तर हुनैपर्छ ।'

डीनले नै 'स्नातकोत्तरसम्मको योग्यता हुनुपर्छ' भने पनि प्रिन्सिपल बिछा भने त्यसको आवश्यकता नभएकाले मास्टर्सको सर्टिफिकेट पेस नगरेको जिकिर गर्छन् । स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गर्ने विद्यार्थीको सर्टिफिकेटमा हस्ताक्षर गर्ने प्रिन्सिपलले नै स्नातकोत्तर छैनन् भने त्यो गम्भीर कुरा हो, त्यस विषयमा अविलम्ब छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्छ ।

'नाथममा पहिले तालिम मात्र दिने गरिन्थ्यो । तर, पछि टीयूबाट सम्बन्धनप्राप्त स्नातक तथा स्नातकोत्तर तहको कोर्स सञ्चालन हुन थालेपछि बिछालाई पनि स्नातकोत्तरको प्रमाणपत्र आवश्यक पर्‍यो,' नाथमका एक एचओडीले लोकान्तरसँग भने, 'त्यसपछि उनले भारतबाट मास्टर्सको फेक सर्टिफिकेट ल्याउनुभयो । त्यो सर्टिफिकेट देखाएर प्रिन्सिपलको जागिर ४ वर्षदेखि खाइरहनु भएको छ, तर सर्टिफिकेट पेस भने गर्नुभएको छैन ।' छानबिन हुने डरले सर्टिफिकेट पेस नगरेको उनले खुलाए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतको निकाय भएकाले मन्त्रालयका सचिवको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको छ । मन्त्रालयका सचिव भरतमणि सुवेदी अध्यक्ष रहेको उक्त बोर्डमा श्रम विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवाली,  अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल, ट्रेकिङ एजेन्सिज एसिसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बास्तोला, नाटाका अध्यक्ष रमेश थापा, होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मी सदस्य छन् । त्यसैगरी नाथमका कार्यकारी निर्देशक नारदकुमार लुइँटेल उक्त बोर्डको सदस्य सचिव हुन् ।

प्रिन्सिपलको सर्टिफिकेट फेक रहेको तथा आवश्यक कारबाहीका लागि नाथमको बोर्डमा समेत उजुरी दिइएको छ । तर, बोर्डले कुनै पनि कारबाही गर्न सकेको छैन । बोर्डका सदस्य सचिव तथा नाथमका कार्यकारी निर्देशक लुइँटेल पनि विगत ४ वर्षदेखि यो विषय उठ्दै आएको स्वीकार्छन् ।

'प्रिन्सिपल बिछा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिछाको आफ्नै कान्छो भाइ हुनुहुन्छ,' लुइँटेलले लोकान्तरसँग भने, 'उहाँको सर्टिफिकेटको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टुंग्याइसकेको छ ।'

असाधारण बिदा लिएर ३ वर्ष निजी कलेजमा काम

प्रिन्सिपल बिछाले ३ वर्षको असाधारण बिदा लिएर निजी कलेजमा प्रिन्सिपलको हैसियतमा काम गरेको समेत पाइएको छ । १५ जुन २०१० देखि १५ जुन २०१३ सम्म उनले असाधारण बिदा लिएका थिए ।

सोही अवधिमा उनी पोखरास्थित नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजमा प्रिन्सिपल बनेका थिए । नाथमका प्रशासन प्रमुख ज्ञानेन्द्र राज पण्डितले मन्त्रालयमा पठाएको विवरणमा उनले उक्त तीन वर्षको असाधारण बिदा स्वीकृत गराएको देखिन्छ ।

त्यसबाहेक उनले झन्डै साढे ९ महिना थप बिदा स्वीकृत गराएका थिए । १६ जुन २०१३ देखि १४ मे २०१४ सम्म २८० दिनका लागि उनले बिरामी बिदा लिएको देखिन्छ । सहायक विभाग प्रमुख भएको अवस्थामा उनले २८० दिनको बिदा लिएको देखिन्छ ।

१३ फेब्रुअरी १९९४ मा प्रशिक्षकको रूपमा उनी अस्थायी नियुक्त भएका थिए भने ७ फेब्रुअरी १९९६ मा उनले स्थायी नियुक्ति पाएका थिए ।

null

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

फागुन ८, २०८०

गत असोज ९ गते भारतको आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको 'सीजी कर्प ग्लोबल'को जयपुर कार्यालयमा छापा हान्यो ।  नेपालका डलर अर्बपति चौधरीले स्थापना...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

x