०६ साउन २०८३, बुधबार

रतन टाटाको गाडी नम्बर आफ्नो कारमा राख्ने महिला प्रहरीको फन्दामा

पुस २२, २०७७
रतन टाटाको गाडी नम्बर आफ्नो कारमा राख्ने महिला प्रहरीको फन्दामा

भारतीय उद्योगी रतन टाटाको गाडी नम्बर आफ्नो गाडीमा प्रयोग गर्ने एक महिला प्रहरीको फन्दामा परेकी छन् । 

मुम्बई प्रहरीले महिलालाई पक्राउ गरी मुद्धा समेत चलाएको भारतीय मिडियाहरूले बताएका छन् । 

ती महिलाले आफ्नो कार उद्योगी रतन टाटाको कारको नम्बर प्रयोग गरेकी थिइन् ।   एकदिन ट्राफिक नियम उल्लंघनको आरोपमा रतन टाटा पक्राउ पूर्जी जारी हुँदा घटना बाहिरिएको हो । 

यद्यपी ती महिला आफूले प्रयोग गरेको गाडी नम्बर रतन टाटाको हो भन्नेबारे चाहिँ अनभिज्ञ भएको बताइएको छ । 

बयानमा महिलाले प्रहरीलाई बताएकी छिन् कि एक ज्योतिषीले उनको कारमा खास नम्बरको नम्बर प्लेट प्रयोग गर्न सल्लाह दिएका थिए ।

सल्लाह स्विकार्दै ती महिलाले रतन टाटाको कारको नम्बर प्लेट आफ्नो कारमा राखिन् ।

त्यसपछि उनले ट्राफिक नियम उल्लंघन गरेपछि घटना बाहिरिएको हो । अहिले प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।  
 

कमेन्ट गर्नुहोस्