०६ साउन २०८३, बुधबार

कस्तो ठाउँमा गएर फस्यो सर्प ? वन विभागका अधिकारीहरूले गरे उद्धार

पुस २२, २०७७
कस्तो ठाउँमा गएर फस्यो सर्प ? वन विभागका अधिकारीहरूले गरे उद्धार

भारतको मुम्बईमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । 

एउटा सर्प प्रयोग गरेर फ्याँकिएको कन्डममा फसेपछि उसलाई बचाउन वन विभागले निकै प्रयास गर्नुपरेको छ । कन्डममा फसेपछि सर्पलाई सास फेर्न गाह्रो भएको थियो । 

द टाइम्स अफ इन्डियामा छापिएको खबरअनुसार, गत शनिवार कान्दिवली क्षेत्रमा रहेको ग्रीन मेडोज हाउसिङ सोसाइटी नजिक सर्प छटपटिएको देखिएको थियो । 

एक महिलाले सर्प उद्धार गर्ने संस्थालाई फोन गरेर घटनास्थलमा बोलाइन् । उद्धारटोली पुगेर हेर्दा सर्पको मुख कन्डममा अड्किएको पत्ता लाग्यो । 

कन्डमभित्र सर्पले सास फेर्न सकिरहेको थिएन । सर्पको बारेमा थाहा भएको मानिसले नै उसको मुखमा कन्डम राखिदिएको हुन सक्ने उद्धारकहरूको भनाइ छ । 

यस विषयमा अज्ञात व्यक्तिहरूका विरुद्ध पशुमाथिको क्रूरताको मुद्दा दर्ता गरिएको छ । बचाइएको सर्पलाई सञ्जय गान्धी राष्ट्रिय उद्यान लगिएको छ । त्यहाँका पशु चिकित्सकले सर्पलाई कष्ट भएको तर अहिले उसको स्थिति ठीक भएको बताए । 

कमेन्ट गर्नुहोस्