असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ छैठौं राष्ट्रिय योग दिवस आजबाट सप्ताहभर राष्ट्रव्यापी रूपमा विविध कार्यक्रमका साथ मनाइँदैछ । सरकारी निकाय, योग अभियान्ता, स्वयंसेवी र सामुदायिक संस्थाहरू योगको महत्त्वका लागि आ–आफ्नै प्रकारले कार्यक्रमहरू सञ्चालन गर्दैछन् । प्राचीन ऋषिमुनि र आचार्यहरूले शुरू गरेको योग परम्पराले स्वस्थ शरीर, स्वच्छ मन र स्वस्थ विचारलाई प्रधानता दिँदै आएको छ । कोरोना महामारीले विश्वलाई नै स्तब्ध पारेको वर्तमान अवस्थामा जीवनशैलीलाई सरल, स्वस्थ र आशामुखी बनाउन योगको महत्त्व उल्लेख्य रहने स्वतःसिद्ध छ ।
शिक्षा चेतना हो र योग साधना हो । शिक्षाले नागरिक जीवनका लागि सामर्थ्य दिन्छ तर योगले त्यसलाई एकाग्रता र सकारात्मक ऊर्जा दिन्छ । योगले मनोदैहिक समस्यालाई समाधान गर्छ । आधुनिक समाजमा शिक्षाको विस्तार छ, तर एकाग्रता र उपयोगको पक्ष ओझेलमा पर्दै गएको छ । प्रतिस्पर्धा, उछिनपाछिन र लालसाले मानिस खुशी छैन । वैभव, पद र सम्पन्नता कमाएका मानिसहरू पनि आत्मिक खुशी र निजत्वको आनन्दमा रमाउन सकेका छैनन् । खुशी र निजत्वको अनुभूति गर्न नसक्दा शारीरिक तथा मानसिक रोग पनि बढिरहेको छ । शिक्षा विस्तार भएपनि विवेक फराकिलो भएको छैन । सीप बढे पनि सिर्जना विस्तार छैन । यस अवस्थामा मानिसको चेतना, सीप र उपयोगिता सिर्जनालाई एकीकरण गर्न आवश्यक छ, योग त्यसको सूत्र बन्नसक्छ ।
योगको महत्त्व बहुआयामिक छ । स्वस्थ मन, सुन्दर शरीर र सिर्जनात्मक चिन्तनका लागि योग तथा ध्यान गरिन्छ । समाजमा सकारात्मक सोच, ऊर्जाशील कार्य र आपसी सद्भावका लागि योगको महत्त्व बढ्दै गएको छ । योगले दिने आत्मिक शक्तिले असल सम्बन्ध, सदाचार र मायामार्फत् जीवनको अर्थवत्ता सिद्ध गरी समाजको अर्थपूर्ण रूपान्तरण गर्न सकिन्छ । यही महत्त्वलाई मनन् गरी नेपाल सरकारले यसै वर्ष राष्ट्रिय योग अभ्यास क्रम प्रकाशमा ल्याएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएकोमा २०७२ देखि नेपालमा पनि राष्ट्रिय योग दिवस मनाइँदै आएकोमा आफ्नै योग प्रोटोकल पनि जारी भै योगलाई शिक्षा, साधना र सामाजिक जीवनमा स्थापित गर्ने प्रयास थालनी भएको छ ।
योग साधना द्वन्द्व समाधानको विधि पनि हो भन्ने प्रमाणित भएको छ । मोजाम्बिकमा झण्डै डेढ दशकसम्म समाधान नभएको द्वन्द्व योगका माध्यमबाट समाधान भएको थियो । सवै प्रकारका द्वन्द्व, विग्रह र विवादको जड नकारात्मक चिन्तन हो । योगले मानिसमा सकारात्मक मनोवृत्ति पैदा गर्छ । जसले सत्य, अहिंसा, सत्विचार, मायाजस्ता मानवीय मूल्य संस्थागत गर्न बल पुर्याउँछ । शुद्ध आत्माले सकारात्मक सोच, सकारात्मक सोचले सही व्यवहार र सही व्यवहारले सिर्जनालाई बल पुर्याउँछ । त्यसैले राजनेताहरू, विचारकहरू, नीतिशिल्पीहरू र प्रशासक जस्ता सार्वजनिक जीवनमा रहनेहरू योगका माध्यमबाट आत्मशुद्धिमार्फत् समाजको पुनःनिर्माण लाग्नुपर्दछ । किनकी सामाजिक र सार्वजनिक जिम्मेवारीको काम स्वच्छ, सकारात्मक र विश्वासिलो हुनुपर्दछ । वैचारिक, सामाजिक, आर्थिक र सांस्कृतिक विवाद सिर्जना हुन नदिन योग र ध्यानले असल मार्गदर्शन गर्नसक्छ । स्वार्थ, आग्रह र संकीर्णताबाट माथि उठ्न योगले नैतिक ऊर्जा प्रदान गर्दछ ।
नेपालको सन्दर्भमा योगको अलग महत्त्व छ । नेपाल सनातन संस्कृति र संस्कृतिको केन्द्र हो । नेपाल हिमवत खण्डको केन्द्रस्थ हो । योग ध्यान पूर्वीय सभ्यता, त्यसमा पनि हिमवत भूखण्डको मौलिक खोज हो । योगका आदिप्रणेता भगवान शिव हुन् । शिवले अवलम्बन गरेको योगलाई महर्षि कपिल र महर्षि पतञ्जलीले विकास र विस्तार गरेको मानिन्छ । प्राचीन विद्वान विदुषी (ऋषि, मुनि)हरूले मानसिक तथा शारीरिक स्वस्थ्यका लागि अवलम्बन गरेका साधना पद्धतिलाई योग ध्यानका रूपमा पूर्वीय समाजले विकास, विस्तार र परिमार्जन गर्दै आएको छ । पूर्वीय दर्शन आत्मिक सुख, मानवतावाद र प्राकृतिसम्मत् जीवन प्राप्तिमा आधारित छ । पूर्वीय दर्शनका छ विचारधारामध्ये योग एक हो । जटिलताग्रस्त र तनावपूर्ण जीवनलाई खुशी र प्रकृतिसम्मत् बनाउन आराधना, साधना र व्यायाम जस्ता योगमूलक आचरणलाई माध्यम बनाउन सकिन्छ । कोभिडले फैलाएको त्रासदीबाट मुक्ति पाउन योग साधनाले पुर्याएको सहयोगले यसको पुष्टि पनि गरेको छ ।
योगको सांस्कृतिक, आर्थिक, पर्यटकीय र सामाजिक महत्त्व पनि छ । प्राचीन तपोभूमिका रूपमा रहेको नेपाल प्राकृतिक रूपमा शान्त, सुन्दर सौम्य भएकोले योगको विश्वकै गन्तव्य बनाउन सकिने सम्भावना पनि बोकेको छ । मानव जाति शान्ति र खुशीका लागि तड्पिएको छ । शान्त भएर साधना गर्ने स्थानको उपलब्धता पनि धेरैजसो मुलुकहरूमा छैन । नेपाललाई योगभूमि बन्ने सम्भावना यस कारण पनि छ कि यो प्राकृतिकरूपमा शान्त छ, यहाँका हिमाल, पहाड र जैविक विविधता योगका पृष्ठभूमि हुन् । पौराणिक तथा प्राचीनकालदेखि नै योगको विरासत पनि बोक्दै आएको छ, यसर्थ नेपाललाई योगको गन्तव्य बनाई साधना, ध्यान, व्यायाम, अनुसन्धान र अध्ययनको केन्द्र बनाउन सकिन्छ । केबल यसको महत्त्वका विषयमा प्रचारप्रसार मात्र नभएको हो । नेपाललाई योगको साधना गन्तव्य बनाउँदा तीन प्रकारको राष्ट्रिय फाइदा पाउन सकिन्छ । पहिलो यसले नेपालको पहिचान विस्तार हुन्छ । दोस्रो आर्थिक क्रियाकलाप र आयआर्जनका अवसरहरू पनि सिर्जना हुन्छन् र तेस्रो यसले सम्बन्ध विस्तार गर्दछ । सम्बन्धको विस्तार विश्वव्यापी भाइचाराको आधार बनी नेपाली संस्कृति बन्नेछ । यसर्थ योगलाई हामी रणनीतिक साधनका रूपमा अपनाउन सक्छौं ।
समकालीन नेपाली समाजमा नकारात्मक भावना, कुण्ठा र निराशाहरू जाग्दै गएको छ । आफ्नो सम्भावना र क्षमता कम आँक्ने मनोवृत्ति बढ्दैछ । अरूप्रति असहिष्णु बन्ने स्वभाव पनि देखिन थालेको छ । आफनो भविष्य आफ्नै जन्मस्थानमा नदेख्ने प्रवृत्ति पनि देखिएको छ । दश वर्षसम्म चलेको सामाजिक द्वन्द्व र अस्थिरताको प्रभावले पनि युवायुवतीहरू आफ्नो मातृभूमिलाई कर्मभूमि बनाउन छाडेका छन् । यस परिवेशमा सकारात्मक सामाजिक अभिमुखीकरणको माध्यम योग बन्न सक्दछ । योगबाट आरोग्यमात्र होइन, तृष्णा र जिजिविषालाई शमन गर्न सकिन्छ । नकारात्मक भावनालाई सकरात्मक बनाउन सकिन्छ ।
समाजमा नैतिक मूल्य आचरणलाई प्रत्यारोपण गर्नु आवश्यक छ । सामाजिक सञ्जाल र पत्रपत्रिकामा दुराचारका सन्देशहरू बग्रेल्ती भेटिन्छन् । त्यसको निरन्तर प्रसारले कलिला भाइबहिनीहरूमा प्रतिकूल छाप पर्नसक्दछ । नेपाल सरकारले कक्षा दशसम्मको पाठ्यक्रममा योगको विषय समावेश गरेको छ । कक्षा ११ र १२ मा ऐच्छिक विषयअन्तर्गत योगलाई समावेश गरिएको छ । तालिम तथा अभिमुखीकरणका कार्यक्रमहरूमा पनि थोरै योग अभ्यास गर्न शुरू गरिएको छ । तर योगलाई जीवनकला र जीवनशैली बनाउन अझै बाँकी छ । यो योग गुरु र ध्यानीहरूको मात्र विषय होइन भन्ने सामाजिक जागरण ल्याउन औपचारिक अनौपचारिक प्रयासहरू आवश्यक छ ।
प्रत्येक विषम अवस्था र विपत्तिले योग, ध्यान र व्यायामको महत्त्व बढाइरहेको छ, किनकी यसले प्रतिकूलताभित्र अनूकलता खोज्न सक्छ । समस्त मानव समुदायलाई एक अर्काप्रति जवाफदेही र संवेदनशील बन्न सिकाई आत्मिक आनन्दको खोजी गर्न सक्छ । योग दिवस यसैका लागि मनन गर्ने दिन हो ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...