चीनले जम्मा ५ दिनमा बनायो १५ सय कोठा भएको आइसोलेसन वार्ड (भिडियो)

चीनको नानगोङ शहरले जम्मा पाँच दिनमा १५ सय कोठा भएको आइसोलेसन वार्ड बनाएको छ । थप पाँच हजार कोठाहरू अर्को सातामा बनाइसकिने बताइएको छ । 

यो विशाल आइसोलेसन सेन्टर शहर बाहिर रहेको एक कारखानाको प्रांगणमा बनाइएको हो । प्रिफ्याबबाट कोठाहरू बनाइएका हुन् । त्यसमा कोरोनाको आशंका गरिएका मानिसहरूलाई राखिनेछ । 


Advertisement

प्रत्येक कोठा १८ वर्गमिटरका छन् । तिनमा एउटा खाट, विद्युतीय हिटर, सिंक र शौचालय छ । संक्रमितहरूलाई समय कटाउन वाईफाईको व्यवस्था गरिएको छ । 

जनवरी १० मा बनाउन शुरू गरेर जनवरी १५ मा आइसोलेसन वार्ड तयार पारिएको हो । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्