२७ जेठ २०८३, बुधबार
विकासको कछुवा गति

सरकार ! बानेश्वर चोकमा महिनौंदेखि अलपत्र आकाशे पुलले गिज्याउँदैन ? [भिडियो रिपोर्ट]

माघ ६, २०७७

देशको संघीय राजधानी काठमाडौंको निकै व्यस्त मानिने चोक हो, बानेश्वर ।

नीति निर्माण गर्ने मात्र होइन प्रधानमन्त्री र राष्ट्रपति समेत निर्वाचित गर्ने जनप्रतिनिधिहरूको थलो संसद् भवन बानेश्वर चोकबाट मुस्किलले सय मिटरको दूरीमा पर्छ ।

भीभीआईपीले ओहोरदोहोर गरिरहने क्षेत्र हो, यो ।

विदेशी पाहुना आउँदा पनि यो बाटो नभई ओहोरदोहोर गर्ने अर्को भरपर्दो विकल्प छैन ।

तर, यही बानेश्वर चोकमा गएर एकछिन उभिनुभयो भने तपाईंले विकासको विद्रुप नमूना देख्न सक्नुहुन्छ ।

बानेश्वर चोकमा जेब्राक्रसिङकै कारण पनि लामो जाम हुने गर्छ ।

ट्राफिक प्रहरीले गाडीलाई रोकेरै यात्रुहरूलाई सडक पार गर्न सहजीकरण गर्नुपर्ने अवस्था छ ।

तर, यहाँ बनाउने भनिएको आकाशे पुल लामो समयदेखि अलपत्र छ ।

८ महिनामा सक्ने भनिएको काम निर्माण शुरू भएको २५ महिना बितिसक्दा जहाँको त्यहीँ छ ।

पिलर उभिएको लामो समय भयो, तल माथि स्ल्याप राख्ने काम हुन सकेको छैन ।

आखिर ढिला भइरहेको छ त ? हामी यही प्रश्न लिएर सडक डिभिजन कार्यालय मीनभवन पुग्यौं  ।

के हो त समयमै पुल नबन्नुको कारण ? कहिलेसम्ममा सम्पन्न होला त निर्माण ?

हेर्नुहोस्,भिडियो रिपोर्ट:

salt training

कमेन्ट गर्नुहोस्