×

NMB BANK
NIC ASIA

पार्टी विभाजनपछिको सकस

सांसदको घुर्कीले अप्ठ्यारोमा सुदूरका मुख्यमन्त्री, भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारी !

माघ ७, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री केपी ओली समूहका दुई मन्त्री सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएपछि रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्री चयनका लागि रस्साकस्सी शुरू भएको छ ।

Muktinath Bank

प्रदेश सभा सदस्यहरूले दौडधूप निकै बढाएका छन् । हाल भौतिक पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालय रिक्त छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री भट्टले १४ पुसमा भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए । त्यसको ७ दिनपछि २२ पुसमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा आफैँले राजीनामा दिए ।


Advertisment
Nabil box
Kumari

अहिले प्रचण्ड–माधव नेपाल समूहका सांसदहरू मन्त्री बन्ने लबिङमा छन् । दुई मन्त्रालयका लागि झन्डै आधा दर्जन सांसद आकांक्षी देखिएका छन् ।

Vianet communication

स्रोतका अनुसार सांसद मानबहादुर धामी, नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल रावल, दीर्घ सोडारी, पूर्णा जोशी, वीरमान चौधरीलगायत मन्त्रीका आकांक्षी छन् ।

पदका लागि बार्गेनिङ, नपाए गुट फेर्ने धम्की

मन्त्री पद नपाए ओली समूहमा जान्छु भन्दै केही सांसदले धम्क्याउन थालेपछि मुख्यमन्त्री त्रिलोचन भट्ट अप्ठ्यारोमा परेको उनी निकट स्रोत बताउँछ ।

मुख्यमन्त्रीनिकट स्रोतले भन्यो, ‘आकांक्षी सबैले मन्त्री पदमा नै दाबी गरेका छन् । यता मन्त्री नबनाए उता (ओली समूहमा) जान्छु भनेर घुर्की लगाउँछन्, त्यही समस्याले तत्काल मन्त्री नियुक्त गर्न सकस भएको छ ।’

आकांक्षी धेरै हुँदा व्यवस्थापनमा समस्या भएको सांसद पूर्णा जोशी बताउँछिन् ।

‘आकांक्षी धेरै हुँदा व्यवस्थापनमा समस्या भएको छ’, प्रदेश सभा सदस्य जोशीले भनिन्, ‘सांसदहरूले दौडधूप बढाएका छन् । मुख्यमन्त्रीलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ । त्यसैले अहिलेसम्म रिक्त मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेको छैन ।’

मुख्यमन्त्री भट्ट

भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारी

५३ सदस्यीय प्रदेश सभामा ३९ जना नेकपा, १२ जना कांग्रेस र २ जना राजपाका सांसद छन् । नेकपाका ३९ जनामध्ये ओली पक्षमा ८ जना मात्रै खुलेका छन् । 

सभामुखसँग निर्णायक मताधिकार मात्र भए पनि आफूहरूसँग सुविधाजनक बहुमत रहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ ।

तर, मुख्य चुनौती एउटै समूहमा रहेका नेताहरूको व्यवस्थापनमा देखिएको छ ।

मुख्यमन्त्रीको दाबी गर्दै आएका वीरमान चौधरीलाई मन्त्री पनि नबनाउँदा सरकारको समीकरणमै प्रभाव पर्ने आंकलन गरिएको छ । 

कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरी ओली समूहमा लागेर संघीय सरकारको मन्त्री समेत बनेकाले मुख्यमन्त्री भट्टलाई चुनौती थपिएको छ ।

कैलाली– ३ अन्तर्गतकै प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित चौधरी गौरीशंकरसँगै ओली गुटमा लाग्न सक्ने चिन्ता मुख्यमन्त्रीलाई छ । 

‘यस्तो अवस्थामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको समर्थन पनि सरकारलाई नहुन सक्छ,’ एक सांसदले भने ।

अर्कातर्फ तारा लामा तामाङलाई मन्त्री बनाउनु पर्ने दबाब मुख्यमन्त्रीलाई छ । 

स्रोत भन्छ, ‘अहिले प्रदेशमा कञ्चनपुरबाट निर्वाचित सांसद मन्त्री छैनन् । तामाङ नेकपा कञ्चनपुरको पार्टी सचिव समेत हुन्, उनलाई मन्त्री बनाउनै पर्ने दबाब छ ।’ 

‘अछामबाट निर्वाचित अर्थमन्त्री बोहराले राजीनामा दिएका छन् । अहिले सो मन्त्रालयको जिम्मेवारी आफूले पाउनुपर्ने भन्दै दौडधूपमा छन्, अछामबाटै निर्वाचित भई नेकपाका सचेतक समेत रहेका सांसद अक्कल रावल ।

उनलाई मन्त्री बनाउनु पर्ने भन्दै उनीनिकटले मुख्यमन्त्रीलाई दबाब दिँदै आएका छन् ।

प्रचण्ड–नेपाल समूहले निलम्बन फुकुवाको घोषणा गरेपछि सांसद दीर्घ सोडारी पनि मन्त्रीमा पुनर्बहाली हुनुपर्ने माग गरिरहेका छन् ।

सोडारी सामाजिक विकास मन्त्री रहेकै अवस्थामा निलम्बनमा परेका थिए । 

एकातिर प्रदेश सरकारलाई आफ्नो पक्षमा सांसद जोगाउने सकस छ भने अर्कातिर मन्त्रीका आकांक्षीहरूलाई व्यवस्थापन गर्न चुनौती छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री नियुक्त गर्ने विषयमा मुख्यमन्त्री भट्टले छलफल चलाइरहेका छन् ।

सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्री र राज्यमन्त्री थप्ने योजनामा मुख्यमन्त्री रहेको स्रोतको दाबी छ ।

कसलाई जिम्मेवारी दिने र कहिले दिने भन्ने विषयमा मुख्यमन्त्री भट्ट अहिले पार्टी नेतृत्वसँग छलफलमा छन् ।

‘मुख्यमन्त्रीज्यूले अहिले पार्टीको नेतृत्वसँग छलफल गरिरहनुभएको छ,’ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले भने, ‘उपयुक्त समयमा उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिने मुख्यमन्त्रीज्यूको योजना छ ।’

उनले थपे, ‘संविधानमा रहेर मन्त्री परिषद्को संख्या बढ्न सक्छ, त्यसमा छलफल भइरहेको छ’, प्रवक्ता शाहले भने, ‘मन्त्रिपरिषद् ११ सदस्यीयसम्म बन्न सक्छ । माघको दोस्रो सातासम्ममा मन्त्रिमण्डल पुनर्गठन हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x