घट्यो सुनको मूल्य

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


Advertisement

अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

आइतवार तेजाबी सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।


Advertisement

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्