भारतको उडिसामा रहेको कोरापुत जिल्लामा देवीदेवताको तस्वीरलाई कुर्सीमा राखेर त्यसअगाडि काँचो नरिवल फुटाएर कोभिडविरुद्धको खोप लगाउने कार्यक्रम शुरू गरिएको छ ।
रोयटर्स समाचार संस्थाका संवाददाता देवज्योत घोषालले यस विषयमा ट्वीट गरेका छन् ।
माथालपुत सामुदायिक स्वास्थ्य केन्द्रमा सरकारी अधिकारी र स्वास्थ्यकर्मीहरूले खोप कार्यक्रम शुरू हुनुअघि प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण सुने ।
त्यसपछि उनीहरूले देवीदेवतालाई खुशी बनाउन पूजाआजा गरे । पूजाका क्रममा काँचो नरिवल फुटाइएको थियो ।
अनि आदिवासी समुदायका मानिसलाई खोप दिइएको थियो ।
At Mathalput Community Health Centre the next morning, officials and health workers first listened to the Prime Minister’s speech.
Then, they held a quick ceremony to appease the gods before starting the vaccination programme.
A coconut was expertly smashed. pic.twitter.com/YxD32ar1mB— Devjyot Ghoshal (@DevjyotGhoshal) January 25, 2021