![रामकुमारी झाँक्री पक्राउदेखि रिहाइसम्मका साढे ५ घण्टामा जे भयो [फोटो/भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Ram_kumari_Pakrau_1_NYeAOr9vTT.jpg)
राज्यविरुद्ध कसूर गरेको आरोपमा बिहीवार अपराह्न पक्राउ परेकी नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई साँझ प्रहरीले रिहाइ गरेको छ । उनलाई साढे ५ घण्टा हिरासतमा राखिएको थियो ।
संवैधानिक राष्ट्रपतिप्रति मेरो सम्मान छ भनेर लिखित बयान दिएपछि उनलाई रिहा गरेको अपराध महाशाखाका एसएसपी दीपक थापाले लोकान्तरलाई बताए ।
अपराह्न शंखमूलस्थित आफ्नै निवासबाट झाँक्री पक्राउ परेकी थिइन् । उनलाई पक्राउ गर्नेबेलामा प्रहरीले थमाएको पूर्जीमा भनिएको थियो, 'राजविरुद्धका कसूरअन्तर्गत दफा ५८ को कसूरको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकोले यो पूर्जी जारी गरिएको छ ।'
झाँक्रीलाई पक्राउ गरिएपछि कानूनविदहरूले अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विरोध गरेका थिए भने विभिन्न राजनीतिक दल र नेताहरूले पनि विरोध गरेका थिए ।
उनको गिरफ्तारी विरुद्धमा नेकपा प्रचण्ड-नेपाल पक्षका विद्यार्थी र युवा संगठनका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए ।
झाँक्रीले भने चर्को दबाबका कारण सरकारले आफूलाई छाड्न बाध्य भएको प्रतिक्रिया दिएकी छन् ।
झाँक्री पक्राउ र रिहाइबीचको ५ घण्टामा जेजे भयो त्यसलाई लोकान्तरकर्मी विश्वास खनालले तस्वीरमा उतारेका छन् ।
हेर्नुहोस् फोटोफिचर -





















