अस्ट्रेलियाविरुद्ध दोस्रो टी२० मा पनि न्युजील्यान्ड विजयी

न्युजील्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी२० मा चार रनको विजय हासिल गरेको छ । 

बिहीवार डुनेडिनमा सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको न्युजील्यान्डले सात विकेटको क्षतिमा २१९ रन बनायो । मार्टिन गुप्तिलले ५० बलमा ९७ रन बनाए भने कप्तान केन विलियमसनले ५३ र जेम्स नीशमले ४५ रन बनाए । 


Advertisement

जवाफमा अस्ट्रेलियाले पूरै ओभर खेले पनि आठ विकेटको क्षतिमा २१५ रन मात्र बनाउन सक्यो । ११३ रन बनाउँदा ६ विकेट गुमाएर लगभग आशा त्यागिसकेको अस्ट्रेलियालाई मार्कस स्टोइनिसले ३७ बलमा ७८ रन बनाएर उद्धार गर्ने कोशिश गरेका थिए । तर उनलाई डेनियल साम्सबाहेक अन्य कसैले पनि साथ नदिएपछि अस्ट्रेलिया विजय लक्ष्यबाट टाढा रह्यो । साम्सले ४१ रन बनाए ।
 

न्युजील्यान्डका लागि मिचेल स्यान्टनरले चार विकेट लिए । नीशम दुई विकेट लिन सफल भए । 


Advertisement

तेस्रो टी२० वेलिङटनमा बुधवार खेलिनेछ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्