१० साउन २०८३, आइतबार

महिला मानवअधिकार रक्षक सञ्जालको अध्यक्षमा देवकोटा

फागुन २२, २०७७
महिला मानवअधिकार रक्षक सञ्जालको अध्यक्षमा देवकोटा

महिला मानवअधिकार रक्षक सञ्जाल जिल्ला शाखा सप्तरीको अध्यक्षमा अनिता देवकोटा निर्वाचित भएकी छिन् ।

सञ्जालको आज राजविराजमा भएको प्रथम साधारणसभा तथा अधिवेशनले एकल महिला समूहकी अध्यक्ष देवकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पत्रकार सुधा देव, सचिवमा एकल महिला समूहकी माधवी शाह, सहसचिवमा अधिवक्ता मनु खनाल र कोषाध्यक्षमा सप्तरी सामुदायिक सेवा केन्द्रकी ललीता कर्ण निर्वाचित भएका छन् भने सदस्यमा मालती चौधरी, ज्ञानु भट्टराई, बबिता देव, सुष्मा गुप्ता, राजकुमारी साह, पुनम पोखरेल, सुनैरवती यादव, गीता पाण्डे, साधना कर्ण, बेबी गुप्ता, कमला खनाल, प्रियासिंह चौधरी रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्