![यस्तो देखियो एमाले (खनाल-नेपाल पक्ष)को राष्ट्रिय कार्यकर्ता भेला [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/UML_Khanal_Nepal_3_5oxG8qDU0l.jpg)
नेकपा एमाले (खनाल–नेपाल पक्ष) को राष्ट्रिय कार्यकर्ता भेला राजधानीमा चलिरहेको छ ।
ललितपुरको एक होटलमा जारी भेलाको अध्यक्षता वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् ।
खनाल–नेपाल पक्षको कार्यकर्ता भेलामा पुराना वामपन्थी नेताहरू सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, कमल कोइराला लगायत पनि सहभागी भएका छन् ।

भेलामा देशभरबाट २ हजार कार्यकर्ता सहभागी रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।
भेलाअघि नेपाल पक्षको स्थायी कमिटीको बैठक बसेको थियो ।
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
हेर्नुहोस्, तस्वीर :







