×

NMB BANK
NIC ASIA

हिजोआज काठमाडौंको हावा धूम्रपानभन्दा खतरनाक छ, बच्न यसो गर्नुस् – डा. निरज बम [कुराकानी]

चैत १५, २०७७

NTC
Premier Steels

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाकेर घाम लाग्न सकेको छैन । हावा धूलोधूवाँका कणहरूले भरिएको छ । स्वासप्रश्वासका बिरामीहरू पनि बढेका छन् । 

Muktinath Bank

यसले गर्दा स्वास्थ्यमा के कस्ता असर गर्छ ? यसबाट बच्न के गर्नुपर्छ ? भन्ने विषयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छाति रोग विशेषज्ञ डा. निरज बमसँग लोकान्तरले कुराकानी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


Advertisment
Nabil box
Kumari

अहिले काठमाडौं उपत्यकाको वायु प्रदूषण १ सय १ भन्दामाथि ७ सयसम्म पुगेको अवस्था छ । काठमाडौंको आकाशमा धूलोधूवाँका अनगिन्ती कणहरू छन् ।

Vianet communication

कतिपयले त भारतको राजस्थानबाट आएको पनि भन्ने गरेका छन् । स्वास्थ्यको हिसाबले अहिले विकराल अवस्था आएको छ भन्न सकिन्छ ।

अहिले १० पीपीएमभन्दा कमका धूलोका कणहरू र धेरैजसो ५ पीपीएमभन्दा कम (जसलाई सामान्य भाषामा बुझ्दा धूवाँको कण भन्न सकिन्छ) देखिएका छन् । 

जुन श्वास नलीको माध्यमबाट फोक्सोको भित्री भित्तासम्म पुग्छन् । त्यहाँ पुगेर एलर्जी बनाउँछन्, जसले गर्दा रुघाखोकी जस्ता लक्षणहरू बढ्छन् । यसले दीर्घ रोगीहरूलाई उनीहरूको रोगमा बढावा दिन्छ । 

यति मात्र नभई ५ पीपीएम साना कणहरू रक्तनलीमा छिरेर रक्तसञ्चारमा समस्य ल्याउँछ, जसले रगतका नलीहरू सानो बनाएर समस्या देखिन्छ ।

यसका अलावा उच्च रक्तचाप, पक्षघात र हृदयाघातको जोखिमलाई १४ गुणसम्म बढाउँछ । 

अहिले नेपालमा फोक्सोको क्यान्सर भयाभहरूपमा अगाडि बढेको छ । फोक्सो क्यान्सरबाट मृत्यु हुनेको संख्या पनि सबैभन्दा धेरै छ । यसले फोक्सोको क्यान्सर बढाइदिन सक्छ । 

यस्तो हावामा बस्नु धूम्रपानभन्दा धेरै हानिकारक छ । अहिलेको हावामा ३ हजार केमिकल्स कणहरू छन् जसमध्ये ६५ प्रतिशत कणहरू क्यान्सरलाई बढावा दिने खालका छन् । 

क्यान्सरलाई बढावा दिने, उच्च कार्बनडाइअक्साइड, साइनाइट, नाइन्ट्रोजनडाइअक्साइड विभिन्न खालका रसायनिक कणहरू छन् ।  

छालाको क्यान्सर, खाने नलीको क्यान्सर, फोक्सोको क्यान्सर, पेटको क्यान्सर लगायतका दीर्घकाल हुने क्यान्सरलाई बढावा दिने कण अहिलेको हावामा छन् । 

धूलोको कारणले अहिले प्रकाशको किरण हामीसम्म आइपुगेको छैन, जसले गर्दा ‘भिटामिन डी’ को कमी भएर रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ । यसले रुघाखोकी लगायत विभिन्न रोगहरू निम्त्याउँछ । 

यस्तो अवस्थामा दीर्घ खालको दम, खोकीका बिरामीहरू बढ्छन् । कोरोना भाइरसको डरत्रास भएको बीचमा भाइरल इन्फेक्सनहरू पनि बढाउँछ । 

यस्तो अवस्थमा सरकार तथा स्वास्थ्य मन्त्रालयले बाहिर ननिस्कन, भीडभाडमा नजान, मर्निङ वाकमा ननिस्कन आग्रह गरेको छ । 

तर यो धूलोधूवाँले घरभित्र पनि असर गरेको छ । हामीले दैनिक काम गर्ने र बस्ने ठाउँमा धूलोधूवाँ उत्तिकै नै देखिन्छ । त्यसकारण यसबाट बच्नका लागि पहिला त मास्कको प्रयोग हो । मास्कको प्रयोगले नेपालमा क्षयरोगमा कमी ल्याएको तथ्याङ्क छ, अर्थात भाइरल इन्फेक्सनमा कमी देखिन्छ ।

भाइरलका बिरामी अघिल्लो वर्षभन्दा यो वर्ष कम देखिए, जसको मुख्य कारण मास्कको प्रयोग हो । यसबाट बच्न पनि मास्कको प्रयोग गर्नुपर्छ । 

सफा खाना, दैनिक अधिकतमभन्दा अधिकतम पानी पिउने, धूम्रपान र मध्यपान नगर्ने गरेको खण्डमा यसबाट बच्न सकिन्छ । अहिले उपत्यकामा देखिएको धूलोधूवाँले यौन क्षमतामा कमी, प्रजनन क्षमतामा कमी लगायतका समस्याहरू पनि देखिन्छन्, जसलाई धूम्रपान र मध्यपानले झन बढावा दिन्छ । 

अहिले विषेश गरेर मिर्गौला, क्यान्सर, कलेजो, दीर्घरोग भएका बिरामीले अत्यन्त सावधानी अपनाउनुपर्ने हुन्छ । 

अहिलेको अवस्थालाई हेर्ने हो भने पानी नपरेसम्म सफा हुने अवस्था देखिँदैन ।

त्यसैले घरका कोठाहरू दैनिक सफा गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, हरियो सागपात खाने, गेडागुडीहरूको प्रयोग बढाउने र उच्च प्रोटिन भएका खानेकुरा बढी खानुपर्ने हुन्छ । 

(डा. वमसँग लोकान्तरका लागि गगन अर्यालले गरेको कुराकानीमा आधारित ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x