×

NMB BANK
NIC ASIA

 निषेधाज्ञा अवज्ञा गर्दै लखरलखर सडक घुम्नेहरु प्रहरीको फन्दामा परेका छन् ।

Muktinath Bank

 उनीहरुलाई पोखराका मुख्य मुख्य चोकबाट समातेर रोक्ने गरिएको छ । गन्तव्यमा जान नपाएका यात्रु भने मर्का परेको गुनासो गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गण्डकी प्रदेशको राजधानी पोखरामा दिनानुदिन कोरोनाका संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञा मंगलबारदेखि कडाइ गरेको छ । सुरुवातको दिन सम्झाएर पठाउने गरिएकोमा दोस्रो दिन बुधबार भने मास्क नलगाउने, अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई प्रहरीले जहाँको तहीँ रोकेर राख्ने गरेको हो ।


Advertisment
Nabil box
Kumari

यत्तिकैमा पोखराको पृथ्वीचोकमा ठूलो संख्यामा सर्वसाधारण समातिएका छन् । 

Vianet communication

प्रशासनले गत वैशाख १५ देखि एक साताका लागि निषेधाज्ञा आदेश जारी गरेकोमा कोरोनाको महामारी बढ्दै गएपछि कडाइसहित अवधि थपेको हो । वैशाख २१ देखि वैशाख मसान्तसम्म अत्यावश्यक कामबाहेक बाहिर निस्कन पाइने छैन भने तोकिएको समयमा छुट प्रदान गरिएका सेवा लिन सकिने भए पनि अन्य सेवा रोकिएको छ । 

पहिले जस्तो जोरबिजोर प्रणाली हटाइएको छ । निजी तथा सार्वजनिक यातायातका साधन चल्न रोक लगाइएको छ । 

दैनिक उपभोग्य बस्तुहरुका पसल बिहान ५ देखि ९ बजेसम्ममात्रै संचालन गर्न सकिने छ । बैंक तथा वित्तीय संस्थाहरु एक चौथाइ मात्र राखेर संचालन गरिएको छ । स्कुल, कलेज, शैक्षिक संस्था पूर्ण रुपमा बन्द छन् । 

मठ मन्दिरहरुमा नित्य पूजामात्र गर्न सकिने भए पनि अन्य कार्य गर्न पाइने छैन । बिहान ५ देखि ९ बजेसम्म डिपार्टमेन्ट स्टोर्सहरुको हकमा खाद्यान्न सामान बिक्री गर्न पाइनेछ । ढुंगा, गिट्टी, बालुवा, रड, सिमेन्ट जस्ता निर्माण सामग्री बोक्ने सवारीसाधन दिउँसो १ देखि साँझ ५ बजेसम्म संचालन गर्न सकिने प्रशासनले जनाएको छ ।

कास्की जिल्ला कोरोनाको उच्च जोखिम जिल्ला हो । हालसम्म यहाँ सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७८ जना पुगेको छ । कास्कीमा हालसम्म १ सय ३१ जनाको मृत्यु भएको छ । मंगलबारमात्रै एकै दिन ३ सय १० जना संक्रमित थपिएका हुन् ।

गण्डकीमा भने कुल संक्रमित संख्या १९ हजार ८ सय ५३ पुगेको छ । तीमध्ये १७ हजार ७२ निको भएका छन् भने २ सय ३५ को ज्यान गएको छ । आइसियुमा ३४, भेन्टिलेटरमा ३ र एचडीयुमा १४ जनाको उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनायो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x