×

NMB BANK
NIC ASIA

माथिल्लो चमेलिया निर्माणको काम धमाधम

बैशाख २५, २०७८

NTC
Premier Steels

मार्मा गाउँपालिका–२ घट्टेगढमा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरबीच पनि निर्धारित समय सीमाभित्रै काम सक्ने गरी जलविद्युत् निर्माणको काम भइरहेको हो ।

Muktinath Bank

“विद्युत्को ड्याम, पावर हाउसलगायत क्षेत्रमा काम भइरहेको छ, कोरोनाको बेला पनि काम रोकिने अवस्था छैन”, माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका आयोजना म्यानेजर धर्मराज उपाध्यायले भने, “अहिले मजदूरहरु सबै यहीँ खटिएका छन्, भएकै मजदूरको प्रयोग गरिन्छ, आयोजनाका लागि ठूला उपकरण पनि पु¥याइएको छ, आयोजनालाई समयमै सक्नका लागि सबै लागिपरेका छौँ, ३० प्रतिशत हाराहारीमा आयोजनाको काम सकिएको छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजनाको बाँध क्षेत्रमा संरचना निर्माणको काम चलिरहेको छ । चमेलिया नदी फर्काउने, बालुवा थिग्राउने र पोखरीको काम अहिले चालू छ । पाइप जडानका लागि काम भइरहेको बताइएको छ । नहर खन्ने कामसँगै अघि बढाइएको छ ।


Advertisment
Nabil box
Kumari

“आयोजनामा सबै संरचना निर्माणको काम धमाधम हुँदैछ”, उपाध्यया भन्छन्, “अहिलेको अवस्थामा कोरोनाले धेरै असर पु¥याउन सकेन भने समयमै काम सक्छौँ, ४० मेगावाटको आयोजना भए पनि यसमा सुरुङको प्रयोग गरिने छैन ।” 

Vianet communication

चमेलिया नदीको पानी विद्युत्गृहमा खसाल्न ३.३ मिटर व्यास भएको ६.३ किलोमिटर लामो ‘लो प्रेसर’ पाइप राखिने छ । पाता आयात गरेर आयोजनास्थलमै पाइप तयार गरेर जडान शुरु गरिएको छ । यसमा पनि मेकानिकल इन्जिनीयर र मजदूर खटिएका छन् । मेकानिकल स्थलमा अहिले पाता जडानको काम तीव्र गतिमा भइरहेको उपाध्याय बताउनुहुन्छ । आयोजना निर्माणमा खटिएका कर्मचारी र मजदूरको सक्रियता बढेको छ । 

उनले विद्युत्गृहको संरचना निर्माणका लागि जग खनेर ढलान शुरु हुने तयारी छ । आयोजना निर्माणको ठेक्का चन्द्र एन्ड वसन्त र ग्वालेक निर्माण सेवा जेभी तथा लटीनाथ कन्स्ट्रक्शन कम्पनीलाई दिइएको छ । चन्द्र एन्ड वसन्त र ग्वालेक निर्माण सेवा जेभीले बाँध क्षेत्रमा काम गरिरहेको छ । लटीनाथ कन्स्ट्रक्शनले विद्युत् गृहमा काम गरिरहेको छ । यो आयोजना २०७९ साल फागुनबाट विद्युत् उत्पादनको लक्ष्य लिइएको छ ।

निर्माणमा स्थानीयवासीको अवरोध नहुँदा काम गर्न सहज भएको आयोजनाले जनाएको छ । “हामीले सबैको सहयोग पाएका छौँ”, अपी पावर कम्पनीका निर्देशक इन्द्रमणि त्रितालले भने, “सडकको पहुँच पुगेकाले पनि काम गर्न सहज भएको छ, अहिलेसम्मको कामको प्रगति हेर्दा लक्ष्य अघि नै सम्पन्न हुनेमा हामी ढुक्क छौँ ।”

आयोजनाबाट उत्पादन हुने विद्युत् १३२ केभी बलाँच सबस्टेशनमा जोडिने छ । आयोजनाको विद्युत् गृहदेखि सबस्टेशनसम्मको दूरी १६ किलोमिटर छ । सबस्टेशनसम्म आवश्यक १६ किलोमिटर प्रसारण लाइनका ५७ खम्बा कम्पनीले नै निर्माण गर्दैछ । खम्बा निर्माणका लागि पनि उपकरण ढुवानी भइरहेको आयोजनाले जनाएको छ । प्याराडाइज बिल्डर कम्पनीले प्रसारण लाइनको काम गरिरहेको छ । 

यो आयोजना सम्पन्न गर्न रु सात अर्ब ४० करोड लागत अनुमान गरिएको छ । आयोजनामा छ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य, नेपाल, नेपाल बङ्गालादेश र सेन्चुरी बैंकले रु पाँच अर्ब १८ करोड लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको यो लगानी कूल लागतको ७० प्रतिशत हो । रु दुई अर्ब २२ करोड (३० प्रतिशत) स्वपूँजी लगानी छ । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

उत्पादित विद्युत्मध्ये ३० प्रतिशत हिँउदका छ महिना र बाँकी ७० प्रतिशत वर्षाका छ महिनामा उत्पादन हुनेछ । कम्पनीले आयोजनाको विद्युत् बिक्रीबाट पहिलो वर्ष रु एक अर्ब ६२ करोड आम्दानी गर्नेछ । वार्षिक आम्दानीमा हरेक वर्ष तीन प्रतिशतका दरले आठ वर्षसम्म मूल्य वृद्धि हुने हुँदा आय पनि बढ्दै जाने कम्पनीले जनाएको छ ।

माथिल्लो चमेलिया अपी पावरले निर्माण गरिरहेको तेस्रो जलविद्युत् आयोजना हो । कम्पनीले यसअघि नै दार्चुलाको शैल्यशिखरको देथलामा साढे आठ मेगावाट क्षमताका नौगाड र अपर नौगाड साढे आठ मेगावाट क्षमताको विद्युत् उत्पादन गरेको छ । दुई आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x