१० साउन २०८३, आइतबार
असुरक्षित बन्दै चिकित्सक

भेरी अस्पतालमा बिरामीका आफन्तको आक्रमण, ४ नर्सिङ स्टाफ र १ चिकित्सक घाइते

जेठ १४, २०७८
भेरी अस्पतालमा बिरामीका आफन्तको आक्रमण, ४ नर्सिङ स्टाफ र १ चिकित्सक घाइते
फाइल तस्वीर

कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् ।

मृतकका आफन्तबाट भएको आक्रमणमा परि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ ।

आइसीयू कक्षमै नर्सहरूमाथि हातपात भएपछि ज्यान जोगाउन नर्सहरु छतबाट हाम्फालेका थिए ।

जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा गएराति ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको अस्पतालले जनाएको छ । 

मृतकको कुरुवा समेत रहेका मानबहादुर रावत सहितको समूहले नर्सिङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।

घटना लगत्तै प्रहरीले मानबहादुर सहित ३ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्