मंसिर १८, २०८०
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
ढिक्री र चिच्चर तराईको एक प्रमुख थारु मौलिक परिकार मानिन्छ । पछिल्लो समय यी मौलिक खानाहरूको चर्चा निकै चुलिएको छ ।
स्वास्थ्यबर्द्धक र बनाउन पनि सहज भएका कारण यी खानाहरू धेरैको रोजाइमा परेका छन् । शहरका राम्रा–राम्रा रेस्टुराँहरूको मेनुमा ढिक्री र चिच्चर पाउन सकिन्छ ।
ढिक्री बनाउन चाहिने सामग्री :
चामलको पिठो आधा केजी, मनतातो पानी आवश्यकता अनुसार, नेपाली घ्यू १ चम्चा (अतिरिक्त), काचो गोलभेडाको अचार वा बयरको अचार ।
ढिक्री बनाउने तरिका :
चामलको पिठो, घ्यू र मनतातो पानी हालेर मुछ्ने र आधा घण्टा रेस्ट गराउने । स्टिमरमा पानी हालेर उमाल्न शुरू गर्ने र पहिला मुछेर राखेको चामलको पिठोलाई सानो–सानो साइजमा काटेर फिङ्गर आकारमा लाम्चो–लाम्चो बनाउने ।
सबै बनाइसकेपछि तातेको पानीमा स्टिम गरेर १०–१२ मिनेट पकाउने र अचारसँग तातो–तातो सर्भ गर्ने । तराईका थारु जातिको यो एक मौलिक खाना हो, जुन माघे संक्रान्ति पर्वमा खाने गरिन्छ । बयरको अचार वा टमाटरको अचारसँग साह्रै स्वादिष्ट हुन्छ ।
चिच्चर बनाउन चाहिने सामग्री :
अनादीको चामल १/२ केजी, पानी आवश्यकता अनुसार (झण्डै २ लिटर), पानी उमाल्ने कसेउडी १ पिस, चिच्चर बनाउने पिँधमा प्वाल भएको माटोको भाडो १ पिस, बासको म्याट १ पिस, केराको पात १ पिस ।
चिच्चर बनाउने विधि :
अनादीको चामललाई राम्ररी पखालेर एक साइडमा राख्ने । कसेउडीमा पानी हालेर उमाल्ने । चिच्चर बनाउने माटोको भाडोको पिँधमा बाँसको म्याट राखेर पखालेको चामल खन्याउने । राम्ररी टाइट गरेर कभर गरी उम्लेको पानीमाथि बसालेर, बफ्याएर पकाउने र बीचबीचमा बिर्काे खोलेर चलाउने गर्नुपर्छ ।
अन्त्यमा केराको पातमा ठिक्कठिक्क भाग लगाएर बेर्ने र गोलो पोको बनाई केराको सुतीले बाँध्ने । सबै बाँधेका डल्लाहरूलाई आगोको भुंग्रोमा राखेर केहीबेर पकाउने र सर्भ गर्ने । चिच्चर अचार, तरकारी, मासुसँग वा त्यतिकै खान पनि स्वादिष्ट हुन्छ ।
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...